भारतीय विदेशमन्त्री काठमाडौंमा

विहीबार, १८ माघ २०७४, १७ : २५
भारतीय विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आइपुगेकी छन् । विशेष विमानमार्फत् आज (बिहीबार) अपरान्ह साढे ४ मा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।

राजनीतिक भेटघाटका लागि नेपाल आएकी स्वराजले दुई दिनमा राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्षकेपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेताहरुसँग भेट परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस