चिनियाँ विदेशमन्त्री वाङ पौने ४ बजे नेपाल आईपुग्ने

परराष्ट्र सचिवले स्वागत गर्ने, राष्ट्रपति र प्रधानमन्त्रीसँग आजै भेटवार्ता हुने

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, ०९ : ४३
चिनियाँ विदेशमन्त्री वाङ पौने ४ बजे नेपाल आईपुग्ने

काठमाडौं । तिन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आज दिउसो पौने ४ वजे काठमाडौं आईपुग्ने भएका छन् । विदेशमन्त्री वाङलाई परराष्ट्र सचिव शंकरदास वैरागीले त्रिभुवन विमानस्थलमा स्वागत गर्नेछन् ।

चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आएका थिए ।

वाङको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा समेत हेरिएकोले यो चिनियाँ तर्फको उञ्चस्तरको भ्रमण हो । वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय भएको छैन । तर उनी असोज अन्तिम सम्म नेपाल आउनसक्ने अनुमान लगाईएको छ । राष्टपति सिको नेपाल भ्रमण नेपालीहरुले धेरै अपेक्षा गरेको विषय हो । सि नेपाल आए २३ वर्षपछि चीनको कार्यकारीले नेपाल भ्रमण गर्नेछन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । उनी वेइजिङवाट सिधै नेपाल भने आउन लागेका छैनन । अहिले पाकिस्तानमा रहो उनी त्यतैवाट काठमाडौं आउन लागेका हुन् ।

क–कसलाई कहिले भेटदैछन् वाङले ?
विदेशमन्त्री वाङले नेपाल आएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

समकक्षी प्रदीप ज्ञवालीसँग भने वाङको भेटवार्ता भोलि सोमबार मात्र हुने छ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन–काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ । त्यस्तै उनले नेकपाका अध्यक्ष प्रचण्ड, काग्रेस सभापति शेरवहादुर देउवा लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस