कांग्रेस सभापति देउवा प्रमुख अतिथि, पत्नी डा आरजु सम्मानित

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, ०८ : ५२
कांग्रेस सभापति देउवा प्रमुख अतिथि, पत्नी डा आरजु सम्मानित

काठमाडौं । श्रीमान प्रमुख अतिथि, श्रीमति सम्मानित ! बिरलै हुने घटना हुन् यी । तर शनिवार यो घटना नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको जोडिलाई मिलेको छ । अर्थात पति देउवा प्रमुख अतिथि, पत्नी डा आरजु सम्मानित ।

श्रीमानलाई नै प्रमुख अतिथि बनाएर श्रीमतिलाई दोसल्ला ओढाएर सम्मान गर्ने अवसर जो कोहीलाई मिल्दैन । तर पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवालाई भने मिलेको छ ।

श्रीमान–श्रीमतिकै लागि यो अवसर भने कांग्रेसकै अछाम–काठमाडौं सम्पर्क समितिले जुराईदिएको हो । कतिपयले यसलाई सभापति देउवाको चाकडीका लागि श्रीमानलाई प्रमुख अतिथि र श्रीमतिलाई सम्मानित ब्यक्तिको सूचिमा कांग्रेसको अछाम–काठमाडौं सम्र्पक समितिले राखेको चर्चा पनि अहिले शुरु भएको छ ।

तर जेहोस् सभापति देउवाले आफ्नै पत्नी डा आरजु देउवा राणालाई शनिवार राजधानीमा आयोजित एक कार्यक्रमका बीचमा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

डा आरजुलाई समाजसेवीका रुपमा उक्त सम्र्पक समितिले ‘द्धारिकादेवी ठकुरानी स्मृति’ सम्मानबाट सम्मान गरेको हो । लोकतन्त्र, महिला अधिकार र सुदुरपश्चिमको सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै राणालाई उक्त समितिले सम्मान गरेको जिकिर गरेको छ ।

दक्षिण एसियाकै पहिलो महिला मन्त्री ठकुरानीको स्मृतिमा लोकतन्त्र र समाज सेवामा योगदान गर्ने व्यक्तिलाई उक्त समितिले सम्मान दिने गरेको र यो पटक त्यो सम्मान आरजुलाई प्रदान गरिएको उक्त समितिले जनाएको छ ।

’नियतवस चाकरीका लागि श्रीमानलाई प्रमुख अतिथि र श्रीमतिलाई सम्मान गरिएको होइन,’ समितिका एक सदस्यले भने,–‘आयोजक पार्टीको एउटा कमिटि हो, पार्टी सभापति शेरवहादुर देउवा हुनुहुन्छ, उहाकै हातवाट सम्मानितलाइृ सम्मान गरौं भन्ने सस्थाको ध्येय हो । संयोग सम्मानित हुने ब्यक्ति सभापतिकै श्रीमति पर्नुभयो ।’

भारतको पञ्जाव विश्वविद्यालयबाट मनोबिज्ञानमा विद्यावारिधी गरेकी र विगत चार दशकदेखि नेपाली महिला शशक्तिकरणको विभिन्न क्षेत्रमा काम गर्दै आएकी कारण सस्थाले आरजुलाई सम्मान गरेको उनको तर्क छ ।

त्यस्तै सम्पर्क समितिले नेपाली कांग्रेस एनडी ‘प्रकाश’ चटौत स्मृति सम्मानबाट सांसद रामबहादुर विष्टलाई सम्मान गरेको छ । नेपाली कांग्रेस सिद्धराज ओझा स्मृति सम्मानबाट भने बलबहादुर कुँवर सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस