चिनियाँ परराष्ट्रमन्त्री आज नेपाल भ्रमणमा आउँदै

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, ०८ : ३१
चिनियाँ परराष्ट्रमन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यी आइतवार नेपाल भ्रमणमा आउने भएका छन् । उनी मंगलवारसम्म नेपाल भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा चिनियाँ परराष्ट्रमन्त्री वाङ नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटघाट गर्नेछन् । 

सोमवार परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् । उनको सम्मानमा रात्रिभोजको आयोजना पनि गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस