थारु पत्रकार संघको राष्ट्रिय महाधिवेसन सौराहामा सुरु हुँदै, अध्यक्षमा ३ जना

सफल खबर संवाददाता

शनिबार, २१ भदौ २०७६, ०८ : ५४
थारु पत्रकार संघको राष्ट्रिय महाधिवेसन सौराहामा सुरु हुँदै, अध्यक्षमा ३ जना

चितवन । थारु पत्रकार संघ नेपालको चौथो राष्ट्रिय महाधिवेसन आज चितवनको सौराहामा हुदैछ । सौराहामा हुने महाधिवेसनका लागी देशभरका विभिन्न जिल्लाबाट १५० भन्दा बढी थारु पत्रकारहरु प्रतिनिधि, पर्यवेक्षकका रुपमा चितवन आईसकेका छन ।

उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहसचिव र सदस्य गरी १७ सदस्यीय केन्द्रिय समिति चयन हुनेछ । सम्पुर्ण तयारी पुरा भएको जनाईएको छ ।

महाधिवेशनको उद्घाटन सत्र बिहान ११ बजे न्यु सौराहा थारु कल्चरल हाउसमा हुने संघले जनाएको छ । सो भन्दा अघि ¥याली निकालीनेछ । कृषी राज्यमन्त्री राम कुमारी चौधरीले महाधिवेशनको उद्घाटन गर्नेछिन् । 

संघको केन्द्रिय अध्यक्षका लागी ३ जना आकांक्षी देखिएका छन । फोनिज चितवनका संस्थापक अध्यक्ष एवंम हाल थारु पत्रकार संघका केन्द्रिय सदस्य रहेका सन्त कुमार चौधरीले नेतृत्वमा दावी गरेका छन ।

चौधरी चितवनमा रहेर विभिन्न स्थानिय तथा राष्ट्रिय सञ्चारमाध्यममा जिल्ला संवादाताका रुपमा काम गरीसकेका पत्रकार हुन । यस्तै एभिन्युजमा आवद्ध किसोर चौधरी र दाङका सन्तोस दहितले पनि अध्यक्षका लागी उम्मेद्धार दिने तयारी गरेका छन । 
 

प्रतिक्रिया दिनुहोस