गाई हत्या गर्नेमाथि कडा कारबाही गर्न माग

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०७६, १२ : १४
गाई हत्या गर्नेमाथि कडा कारबाही गर्न माग

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई हत्या गर्नेमाथि कडा कारबाही गर्न माग गरेका छन् । सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै सरकारले दोषीमाथि कडा कार्वाही गर्नुपर्ने पार्टीको माग पनि भएको उनले बताए । उनले प्रदेश ३ को स्थायी राजधानी हेटौडा नै हुने दाबी गरेका छन् ।

चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो गृह जिल्ला मात्र नभइ राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौँडालाई संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको रुपमा आफूले प्रदेश ३ को अस्थायी राजधानी घोषणा गरेको पनि स्पष्ट पारे ।

अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौँडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरेका हुन् ।

अध्यक्ष थापाले पहिला पनि माध्यामाञ्चल क्षेत्रको केन्द्रको रुपमा रहेको र यातायातको दृष्टिकोणबाट पनि अत्यन्तै सुगम रहेको तथा पूर्वाधारका अन्य व्यवस्था पनि भएकाले हेटौँडा प्रदेश ३ को राजधानी बनाउन उपयुक्त हुने तर्क पनि गरे ।
 

प्रतिक्रिया दिनुहोस