सरकारविरुद्ध काग्रेसले ५ मुद्दामा ‘हिट’ गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०७६, १० : १७
सरकारविरुद्ध काग्रेसले ५ मुद्दामा ‘हिट’ गर्ने

फाईल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी काग्रेसले दोश्रो चरणको राष्टिय जागरण अभियानको घोषणा गरेको छ । अभियान विपि कोइरालाको १०६ औं जन्म दिवसको अवसर पारेर २४ भदौंवाट सञ्चालन गर्न लागेको छ ।

सरकार विरुद्ध खवरदारी गर्ने, संगठन सुढीढीकरण गर्ने नारासहित काग्रेसले यस अगाडी पहिलो चरणको जागरण अभियान चलाएको थियो । तर अभियान प्रभावकारी नभएको भन्दै काग्रेसभित्रै नेताहरुले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका थिए ।

अहिले पनि उसले कम वोल्ने र वढी सुन्ने भन्दै अभियान चलाउन खोजेको छ । त्यसक्रममा काग्रेसले सरकार विरुछ ५ ओटा मुद्दामा केन्द्रीत रहेर प्रर्दशन गर्ने योजना समेत वनाएको छ ।

बढ्दो महंगीका विरुद्ध, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरण लगायत) का विरुद्ध, बढ्दो महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकहरुका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध अभियान केन्द्रीत हुने पनि काग्रेसको जागरण अभियानको कार्यविधिमा उल्लेख छ ।

सफल खबरलाई प्राप्त कार्यविधि काग्रेसले ३३० ओटै प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रीत अभियान सम्पन्न गर्ने र त्यसका लागि हरेक क्षेत्रमा एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाउने जनाएको छ ।

के के छ त काग्रेसको कार्यक्रम हेर्नुहोस :

 

प्रतिक्रिया दिनुहोस