काठमाडौंमा बितेको १८ घण्टामा १३.५ मिलिमिटर वर्षा

मौसम पूर्वानुमान महाशाखा भन्छ :– आज देशका धेरै स्थानमा चट्याङसहित पानी पर्न सक्छ , सचेत हुनुहोस

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०७६, ०८ : १९
काठमाडौंमा बितेको १८ घण्टामा १३.५ मिलिमिटर वर्षा

काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा आज रातभर पानी परेको छ । पानी अहिले पनि रोकिएको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार, काठमाडौंमा रातिदेखि नै वर्षा भइरहेको छ  । बितेको १८ घण्टामा उपत्यकामा १३.५ मिलिमिटर वर्षा भएको छ ।

आज देशका धेरै स्थानमा चट्याङसहित पानी पर्ने तथा पश्चिमका एक÷दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

राजधानीका खोलाहरुमा वाढी बढेको छ । यसबाट पनि सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै पहाडी भूभागमा पहिरो जानसक्ने, हवाई तथा तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानिको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले जारी गरेको सूचनाका आधारमा  आज दिउँसो देशभर आंशकिदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । त्यस्तै आजै राती देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म साथै पश्चिम र मध्य भेगका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

विभागले सर्वसाधारणलाई चनाखो हुन पनि अपिल गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस