थाइल्यान्ड हुँदै प्रधानमन्त्री आज स्वदेश फर्किदैं

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०७६, ०७ : ३१
थाइल्यान्ड हुँदै प्रधानमन्त्री आज स्वदेश फर्किदैं

फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्किदैछन् । थाइल्यान्ड हुँदै  प्रधानमन्त्री आज दिउँसो साढे १२ बजे  काठमाडौं उत्रदैं छन् ।

स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि चिकित्सकहरुसँगको परामर्शका आधारमाप्रधानमन्त्री आज स्वदेश फर्किन लागेका हुन् ।

ओली ५ भदौंमा सिंगापुर फलोअप उपचारका लागि प्रस्थान गरेका थिए । उनको सात चरणसम्म सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरिसस उपचार विधिवाट मृगौलाको फलोअप उपचार गरिएको थियो ।

‘उहाँ आज दिउँसो साढे १२ बजे  काठमाडौं आईपुग्नु हुनेछ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले सफलखबरसँग भने,–‘थाइल्यान्ड हुदैं प्रधानमन्त्री थाई एयरमा स्वदेश फर्किन लाग्नुभएको हो ।’

प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडेल पनि सँगै फर्किदैछन् । उनीहरु दुवै नेता प्रधानमन्त्रीको सुस्वास्थ्य लाभको कामनाका लागि मंगलवार र वुधबार सिंगापुर पुगेका थिए ।

ओलीले यस अगाडी पनि सिंगापुरको उक्त अस्पतालमै उपचार गराएका थिए । त्यसवेला उनी एक साता उपचार गराएर साउन १८ मा स्वदेश फर्किएका थिए ।

ओलीको अहिले गरिएको उपचार विधिले उनको शरीरमा कुन खालको अवस्था देखिन्छ भन्ने विषयमा भने केही समयपछि मात्र पूनः फलोअप गरेपछि थाहा लाग्ने चिकित्सकहरुको भनाई छ । अहिले भने ओली लाई  रिलिफ भएको छ ।

स्वागतका लागि गृहको निर्देशन
प्रधानमन्त्री ओलीको स्वागतका लागि गृह मन्त्रालयले मन्त्रीहरु, सरकारका उच्च पदस्थ कर्मचारीहरुलाई विहान साढे ११ वजे त्रिभुवन विमानस्थल पुग्नका लागि सूचना जारी गरेको छ ।

‘गृहले प्रधानमन्त्रीको स्वागतका लागि मन्त्रीहरु , उच्चपदस्थ्थ कर्मचारीहरुलाई विहान साढे ११ बजेका लागि सूचना जारी गरेको रहेछ,’ प्रधानमन्त्रीका प्रेस सल्लहकार अर्यालले भने ।

प्रधानमन्त्री ओली उच्च मनोवलका साथ स्वदेश फर्किन लागेका हुन् । त्यही भएर पनि सरकारले प्रधानमन्त्री स्वदेश फर्किन लागेका बेला मन्त्रीहरु, उच्च पदस्थ्थ कर्मचारीहरुलाई स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुग्नका लागि सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस