नेकपाको विद्यार्थी संगठनमा यसरी हुदैछ एकता

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०७६, ०९ : २१
नेकपाको विद्यार्थी संगठनमा यसरी हुदैछ एकता

काठमाडौं । सत्तारुढ दल नेकपाको जनवर्गीय संगठनले आफनो संगठनको एकता प्रक्रियालाई तिव्रता दिन थालेका छन् । केन्द्रमा संयोजक र सहसंयोजक तोकिएको तीन महिना बितिसक्दा पनि कार्यालय टिम, केन्द्रीय कमिटिको संख्या, केन्द्रीय कमिटि केही पनि बनाउन नसकेको नेकपाको जनवर्गीय संगठनहरुले अहिले भने एकताको कामलाई केन्द्रमा राख्न थालेका हुन् ।

पार्टी सचिवालय बैठकले जवस मोर्चा हेर्ने गरी फयाक्सन इन्चार्ज, सहइन्चार्ज किदिएपछि अहिले जवस मोर्चाहरु संगठनात्मक एकतामा जुट्न थालेका हुन् ।

यसैक्रममा सबैभन्दा शसक्त मानिएको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको एकताका लागि नेताहरु जुटेका छन् । तत्कालिन एमाले निकट अखिल र माओवादी निकट अखिल क्रान्तिकारी दुवै संगठनात्मक एकताको घनीभूत छलफलमा छन् । यही महिनाको अन्तिमसम्म एकता टुंगो लगाउने कार्ययोजना सहित अहिले दुवै पक्ष आन्तरिक तयारीमा जुटेका छन् ।

एकता प्रकृयालाई सम्पन्न गर्न अनेरास्वबियूका फ्याक्सन ईञ्चार्ज, सह ईञ्चार्ज, संयोजक र सहसंयोजक सहित बसेको बैठकले संगठनको केन्द्रीय समिति ३३५ सदस्यीय वनाउने, त्यसमा पूर्व अखिलवाट १८० र पूर्व क्रान्तिकारीबाट १५५ जना रहने गरी भागवन्डा भएकोले अहिले दुवै तत्कालिन संगठनका नेताहरु आ–आफनो भागवन्डामा परेको नेताहरुको संख्या कसरी छनौट गर्ने भन्ने आन्तरिक तयारीमा जुटेका हुन् ।

त्यही क्रममा अखिल क्रान्तिकारीले भक्तपुर र अहिले बागवजारको हार्दिक होटलमा आन्तरिक छलफल गरेका छन् । दुवै संगठनले केन्द्रीय समिति र प्रदेश तथा जिल्ला कमिटिमा रहने विद्यार्थी नेताहरुको नाम निश्चित कार्यविधी बनाई टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल वनाएका छन् ।

त्यस्तै, एकीकृत संगठनको राजनीतिक र सागठनिक प्रतिवेदन र आगामी कार्ययोजना तयार पार्न , विद्यान तयार पार्न र आर्थिक तथा कार्यलय ब्यवस्थापन गर्नका लागि छुटाछुटटै उपसमिति बनाएर पनि विद्यार्थी नेताहरुले काम अगाडी बढाएका छन् ।

‘संयुक्त कार्यदलले पनि आफ्नो काम सक्ने, आन्तरिक रुपमा पनि कमिटिमा रहने नेताहरुको नाम फाइनल गर्ने र यही महिनाभित्र एकता टुंग्याउने गरी काम भईरहेको छ,’ एक विद्यार्थी नेताले बताए ।

केन्द्रीय कार्यालय कति संख्याको बनाउने, त्यसमा पूर्ववर्ती समुहका कति कति विद्यार्थी नेता रहने भन्ने विषयमा भने अझै छलफल टुंगिसकेको छैन । छलफलका क्रममा ९ सदस्यीय कार्यालयको प्रस्ताव आएपनि त्यो संख्यामा केही वढन सक्ने विद्यार्थी नेताहरुले बताएका छन् ।

विदेश विभागले नेतृत्व लिदै
पार्टीको विदेश मामिला विभागले आजबाट काम शुरु गर्ने तयारी गरेको छ । अध्यक्ष प्रचण्डको उपस्थितीमा विभागले आज दिउँसो ३ वजे नेतृत्व जिम्मा लिने तयारी गरेको छ । तत्कालिन दुवै पार्टीका पूर्ववत समुहका विदेश विभागको
नेतृत्वले अहिलेको विभाग जिम्मेवारी पाएका नेताहरुलाइृ नेतृत्व हस्तान्तरणको कार्यक्रम राखिएको छ ।

नेकपाले विदेश मामिला विभागको प्रमुखमा वरिष्ठ नेता माधव नेपाल र उपप्रमुखमा नेताहरु राम कार्की र विष्णु रिजाललाई जिम्मेवारी तोकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा नेतृत्व हस्तान्तरणको कार्यक्रम राखिएको नेकपाले जनाएको छ । हिजो मात्रै प्रचार विभागले नेतृत्व सम्हालेको छ । पूर्व पार्टीका ०४७ साल देखिकै प्रचार विभागको नेतृत्व सम्हालेका नेताहरुको उपस्थितीमा प्रचार विभागका नेताहरुले नेतृत्व सम्हालेका हुन् ।
प्रचार विभागको प्रमुखको जिम्मा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिईएको छ । विभागको उपप्रमुख सूर्य थापा छन् । यस अगाडी स्कुल विभाग, निर्वाचन विभाग लगायतले कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस