यस्ता सोच भएका केटीले तपाईलाई सधै माया गर्छन् !

एजेन्सी

बुधबार, १८ भदौ २०७६, २१ : ०५
यस्ता सोच भएका  केटीले तपाईलाई सधै माया गर्छन् !

फाईल फोटो

काठमाडौं । हामी सबै सम्बन्धलाई दिर्घायु बनाउन चाहान्छौ । तर कहिले काही सम्बन्धलाई बचाउन चाहदा चाहदै सम्बन्ध बिग्रीएका उदाहरण पनि हामीले देखेका छौ । यदि तपाँई आफ्नो सम्बन्धलाई लामो समयसम्म टिकाउन चाहानुहुन्छ भने आफूलाई बुझ्ने जीवन साथी रोज्नु आवश्यक हुन्छ । देखेको भरमा हामी कसैको पनि बानी व्यवहार थाहा पाउन सक्दैनौ । तपाईले आफूलाई बुझ्ने र माया गर्ने जीवन साथी रोज्नु आवश्यक हुन्छ । त्यसैले थाहा पाउनुहोस् कस्ती केटीले तपाँईलाई सधै माया गर्छिन् त ।

जो केटी तपाईलाई बिशेष मान्छीन् र तपाँईलाई पनि उनको साथ हुँदा स्पेशल महशुस हुन्छ । यस्ती केटिसँग तपाँईको जीवन सुखले बित्नेछ । उनले तपाँईको सानो सानो कुरामा ध्यान दिन्छीन् भने उनी तपाईको जीवन साथी बन्नको लागी योग्य छिन् भन्ने सोच्नुहोस् ।

यदि उनी तपाँईको रुची र ईच्छाको बारेमा बताउँछीन्, आफ्नो मन पर्ने र नपर्ने कुराहरु पनि सेयर गर्छिन् भने उनी पनि सम्बन्ध अघि बढाउन चाहान्छीन् । यस्ता केटीहरु सँग सम्बन्ध अघि बढाउँदा समस्या हुदैन । यदि उनी आफ्नो बाल्यकालको कुराहरु तपाईसँग सेयर गर्छीन् वा आफ्नो सपनाको बारेमा कुरा गर्छिन् अनि उनलाई मन पर्ने संसारमा सबैभन्दा प्यारो बस्तु के हो ? यस बिषयमा कुरा गर्छीन् भने पनि उनी तपाईलाई चाहान्छीन् । यस्ता कुरा गर्न थालेपछि सम्झनुहोस् उनी तपाँईलाई जिवनभर कदर गर्नेछिन् ।

यदि उनी तपाँई बिना उनलाई एक्लोेपन महशुस गरेको कुरा तपाईलाई भन्छीन् भनेपनि उनी तपाईलाई मनैदेखि चाहान्छीन् । उनका यस्ता कुराहरुबाट के बुझ्नुहोस् भने उ नै तपाईको लागी सहि जीवन साथी हुन सक्छीन् । आफ्नो भविष्यको बारेमा, बच्चाको बारेमा कुरा गर्न मन पराउँछीन् । तपाँईको घर र कोठा कसरी सजाउने भन्ने सोच्छीन्, तपाँईको जिवनशैली यस्तो होस् भन्ने चाहाना राख्छीन् भने तपाँईको सहि रोजाई हुनेछ यस्तो सोचकी केटि ।

तपाँईसँग आफ्नो सुख दुख बाढ्ने, यदि तपाँई अरु केटिसँग बोल्नु भयो भने उनलाई रिस उठ्ने हुन्छ भनेपनि तपाँईले बुझ्नुपर्यो उनी सँग जीवनभर खुसी रहन सक्छु भन्ने । किनकी यस्ता केटीहरु न आफूले अरुलाई नजर लाउँछन् न तपाईले कसैलाई नजर लाएको मन पराउँछन् ।

 

प्रतिक्रिया दिनुहोस