नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ ‘क’ र ‘ख’ को सभापतिमा टंकनाथ पौडेल र गुडराज क्षेत्री

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, १८ : २७
नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ ‘क’ र ‘ख’ को सभापतिमा टंकनाथ पौडेल र गुडराज क्षेत्री

चितवन । विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य टंकनाथ पौडेल नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ ‘क’ को प्रदेश सभा कार्यसमितिको सभापतिमा चयन हुनु भएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नम्वर २ को समायोजन बैठकले पौडेललाई सर्वसहमतिले सभापतिमा निर्वाचित गरेको नेपाली कांग्रेसका जिल्ला सचिव राजिव न्यौपानेले बताउनुभयो । 

देवघाट क्षेत्र विकास समितिका पूर्ब अध्यक्ष समेत भएर काम गरीसक्नु भएका पौडेल दर्जन बढि संस्थाको नेतृत्व गरिरहनु भएको छ । हरेक क्षेत्रमा सफल पौडेल राजनीतिमा पनि सफल हुँदै जानुभएको भन्दै वरिष्ठ समाजसेजी उमासशंकर अग्रवाले खुसि प्रकट गर्नुभयो । 
पौडेलले यस अघि साविक ३ क्षेत्रको कोषाध्यक्षमा सर्वसहमतीले निर्वाचित भई काम गरिसक्नु भएको छ । उहाँ केही दिन अगाडिमात्रै भारतमा आयोजित एक कार्यक्रममा राजिव गान्धी गोल्ड मेडल अवार्डबाट बरिष्ठ समाजसेवी पदमा सम्मानित समेत हुनुभएको थियो । 
त्यस्तै ‘ख’ प्रदेश सभा कार्यसमितिमा भने डा. गुडराज क्षेत्री चयन हुनुभएको छ ।     

प्रतिक्रिया दिनुहोस