नेकपा अध्यक्ष प्रचण्डद्वारा राष्ट्रिय परिचयपत्र फिल्ड कार्यालय उद्घाटन

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, १६ : ०४
नेकपा अध्यक्ष प्रचण्डद्वारा राष्ट्रिय परिचयपत्र फिल्ड कार्यालय उद्घाटन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार एक समारोहबीच भरतपुरमा राष्ट्रिय परिचयपत्र फिल्ड कार्यालय उद्घाटन गर्नु भएको छ । 

कार्यालयको ढोकामा टाँगिएको रातो रिबन काटेर उहाँले कार्यालयको उद्घाटन गर्नु भएको हो । कार्यालय उद्घाटनपछि अध्यक्ष प्रचण्डले आफ्नो बायोमेट्रिक डाटा दर्ता गराउनु भएको थियो ।

राष्ट्रिय परिचयपत्र फिल्ड कार्यालय चितवनको उद्घाटन समारोहमा सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रदेश सांसद विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, गीता वाग्ले, घनश्याम दाहाल ‘अविनास’ चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्रबस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस