मोहन विक्रमको मसालमा रोकिएन आरोप/प्रत्यारोप

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, ०९ : १५
मोहन विक्रमको मसालमा रोकिएन आरोप/प्रत्यारोप

काठमाडौं । मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालमा नेताहरु वीचको आरोप/प्रत्यारोप रोकिएको छैन । दुई दिन विराएर एकले अर्काेको विरुद्ध वक्तब्यवाजी गर्ने क्रम रोकिएको छैन ।

सिंहका आफ्नै मामा तथा पूराना नेता गोविन्द्यसिंह थापालाई कारवाही गरेपछि नेताहरुका वीचमै आरोप / प्रत्यारोप चलिरहेको छ । थापाले आफनो कारवाहीका विषयमा वक्तब्य दिएपछि मोहन विक्रम सिंहले पनि पार्टी प्रवक्ता रामप्रकाश पुरीलाई थापा विरुद्धमा वक्तब्य दिन अह्राएका छन् ।

सिंहको निर्देशनमै पुरीले मंगलवार राती वक्तब्यवाजी गरेका छन् । पुरीले हाँक साप्ताहिक ब्यक्तिको नाममा राख्ने भन्दा पार्टीको नाममा ल्याउनका लागि कम्पनीमार्फत अगाडी वढाउन गरेको प्रस्तावमा सिंहले विश्वासघात गरेकोले कारवाही गर्नुपरेको उल्लेख गरेका छन् । पार्टीमा सवैभन्दा कडा कारवाही भनेको पार्टी सदस्यलाई पार्टी सदस्यतावाटै निष्किाशित गर्ने विषय भएको भन्द्यै पुरीले थापालाई पार्टीले निश्काशनको कारवाही गरेको वताएका छन् । ‘

उहाँले विश्वासघात गरेकोले हामीले उहाँमाथि कडा कारवाही गर्नु परेको छ ।’ पुरीले वक्तब्यमा भनेका छन्,–‘पार्टीमा सबैभन्दा कडा कारवाही भनेको कुनै पार्टी सदस्यलाई अनिश्चित कालको लागि सदस्यताबाट निश्कासित गर्नु हो । अन्य सबै कारवाहीहरु पार्टीभित्र नै हुन्छन् र तिनीहरुबारे सार्वजनिक रुपमा जानकारी गराइन्छ ।’ पुरीले थापा कारवाहीका विषयमा लामो वक्तब्य नै दिएका छन् ।

पछिल्लो समय मोहन विक्रम सिंहलाई पार्टीमा फरक विचार राख्ने नेताहरुमाथी कारवाहीको डन्डा चलाउदै आएको आरोप लाग्न थालेको छ । जनवादी गायक जीवन शर्मा लागयतलाई पनि उनले कारवाही गरेर पार्टीको हालै सम्पन्न माहाधिवेशनमा प्रतिनिधी वन्नवाट समेत वन्चित गराएका थिए ।

पुरीले जारी गरेको वक्तब्य यस्तो छ :
हाँक साप्ताहिक बन्द गरिने निर्णय भएपछि कैयौं शुभचिन्तकहरुले दुःख र चिन्ता प्रकट गरेका छन् र त्यसलाई पुनः प्रकाशन गर्ने कुरामा जोड दिएका छन् । त्यो स्वागतयोग्य विचार हो । तर गोविन्दसिंह थापाले त्यसलाई पहिले झैं उहाँको स्वामित्वमा नै राखेर प्रकाशन गर्ने कुरामा जोड दिएकोले नै हामीले त्यसबाट अलग हुन बाध्य हुनु परेको हो । तर हामीले त्यसलाई बन्द गर्ने निर्णय गरे पनि कानुनी रुपमा त्यसको स्वामित्व उहाँमा भएकाले उहाँले त्यसलाई प्रकाशन गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सक्दैनौ ।

तर त्यसरी त्यो प्रकाशन भएपनि पहिले जस्तै त्यो पार्टीको प्रकाशन हुने छैन र उहाँको व्यक्तिगत प्रकाशन हुनेछ । त्यो अवस्थामा हामीले युगज्योति प्रा.लि.का तर्फबाट पहिल्यै मासिक रुपमा प्रकाशित हुने गरेको र लामो समयदेखि बन्द भएको युगदर्शनलाई साप्ताहिकका रुपमा प्रकाशित गर्ने निर्णय गरेका छौ । त्यसरी अब पहिले हामीले प्रकाशित गर्ने गरेको हाँक साप्ताहिकको निरन्तरता हुनेछ ।

त्यसलाई सहयोग गर्न हामीले हाँकका सबै गाहक, पाठक र शुभचिन्तकहरुसित अपिल गर्दछौ । हाम्रो पार्टी भूमिगत भएको हुनाले पार्टीको नामबाट पत्रिका निस्कन सक्दैन्थ्यो । शहिद  शोभखर धनन्जयको निधन पछि उहाँकी पत्नीले हाम्रो पार्टीलाई हस्तान्तरण गरेको हाँक साप्ताहिक त्यो बेलाका हाम्रो पार्टीका केन्द्रीय सदस्य गोविन्दसिंह थापामाथि विश्वास गरेर उहाँका नाममा दर्ता गराएका थियौ । अहिले उहाँले विश्वासघात गरेकोले हामीले उहाँमाथि कडा कारवाही गर्नु परेको छ । पार्टीमा सबैभन्दा कडा कारवाही भनेको कुनै पार्टी सदस्यलाई अनिश्चित कालको लागि सदस्यताबाट निश्कासित गर्नु हो ।

अन्य सबै कारवाहीहरु पार्टीभित्र नै हुन्छन् र तिनीहरुबारे सार्वजनिक रुपमा जानकारी गराइन्न । तर अनिश्चित कालका लागि निष्काशित गरेपछि सार्वजनिक रुपमा पनि जानकारी गराउन सकिन्छ । तर त्यसको अर्थ अनिश्चित कालको लागि पार्टी सदस्यताबाट निष्काशित गरेपछि सबैबारे सार्वजनिक रुपमा नै जानकारी गराउनु अनिवार्य छैन । कतिपय अवस्थामा गल्तिको प्रकृति वा सम्बन्धित पार्टी सदस्यको स्तर हेरेर अनिश्चित कालको लागि पार्टीबाट निष्काशित गरेपछि पनि त्यसबारे सम्बन्धित् क्षेत्र वा जिल्लामा मात्र त्यस सम्बन्धि जानकारी सीमित राख्न वा त्यहँीसम्म मात्र सार्वजनिक गर्न सकिन्छ र राष्ट्रिय स्तरमा नै त्यसबारे जानकारी गराउन आवश्यक हुँदैन । गोविन्दसिंह थापाले र्टीको सम्पत्ति हाँकलाई व्यक्तिगत सम्पत्तिको रुपमा राख्ने कार्य राष्ट्रिय स्तरको नै सार्वजनिक महत्वको विषय भएको हुनाले त्यसबारे उहा“माथि भएको कारवाहीलाई केन्द्रीय स्तरमा नै सार्वजनिक गर्नु आवश्यक हुन गएको थियो ।

गोविन्दसिंह थापाले आफ्नो स्वामित्वमा उक्त पत्रिका सञ्चालन गर्ने विषयमा उहाँको कतै विरोध नभएको र प्रा.लि. वा कम्पनीमा लैजाने निर्णयसित मात्र उहाँको विरोध भएको लेख्नुभएको छ । सत्य के हो त्यसबारे उहाँको नै विज्ञप्तीबाट प्रष्ट हुनेछ । उहँले आफ्नो विज्ञप्तीमा लेख्नुभएको छ, “महामन्त्री कामरेडले विज्ञप्तिमा लेख्नुभएको छ, ‘गोविन्दसिंह थापाले पहिलेकै जस्तो गरेर हाँकलाई प्रकाशित गर्न तयार भएको तर प्रा.लि.मा लैजान तयार नभएको भन्ने उल्लेख गर्नु भएको छ । मैले प्रा.लि.मा हाँकलाई लैजानु हुन्न भनेर अस्वीकार गरेकै हो । यो पत्रिका पार्टीकै निर्देशनमा मेरो नाममा दर्ता भएको हो । माथिको वहाँको भनाइबाट तीनवटा कुराहरु प्रष्ट हुन्छन् ।

प्रथम, त्यो पत्रिका पार्टीको निर्देशनमा उहाँको नाममा दर्ता भएको थियो । त्यसबाट त्यो पत्रिका उहाँको व्यक्तिगत सम्पत्ति नभएको कुरामा कुनै शङ्का रहेन । त्यो पत्रिका पार्टीको निर्देशनमा उहाँको नाममा दर्ता भएको हुनाले र उहाँको व्यक्तिगत सम्पत्ति नभएको हुनाले पार्टीले त्यो पत्रिकाको उहाँको नामको दर्तालाई हटाई अन्य कुनै व्यक्तिको नाममा दर्ता गराउन वा प्रा.लि.को मातहतमा लैजान निर्देशन दिएपछि उहाँले त्यस अनुसार गर्नु पर्दथ्यो । पहिले अन्यत्र कतिपय पार्टी सदस्यहरुका नाममा भएका पार्टीको सम्पत्तिबारे पार्टीले निर्देशन दिएपछि त्यस अनुसार नै हस्तान्तरण गर्ने गरिएको छ । उहा“ले त्यसो गर्न अस्वीकार गर्नु गम्भीर प्रकारको अनुशासनविहीनता भएको कुरा प्रष्टछ । द्वितीय, त्यो पत्रिकालाई पहिले जस्तै निकाल्ने कुरामा उहाँको कुनै विरोध छैन तर त्यसलाई प्रा.लि.मा लैजाने कुरासित मात्र उहाँको विरोध छ ।

त्यसको अर्थ हो, त्यो पत्रिकालाई उहाँले सँधै नै आफ्नो व्यक्तिगत स्वामित्वमा राखिरहन चाहनुहुन्छ । पार्टीको सम्पत्तिलाई सँधै व्यक्तिगत स्वामित्वमा राखिरहन खोज्नु गम्भीर प्रकारको गल्ती हो । तृतीय, उहाँको तर्क के छ भने त्यो पत्रिकालाई प्रा.लि.मा लैजाने भनेको कम्पनीमा लैजानु भनेको हो । त्यसैले उहाँले प्रा.लि.मा लैजान विरोध गर्नुभएको हो । त्यसरी उहाँको तर्क अनुसार यो पत्रिका उहाँको स्वामित्वमा रहँदासम्म पार्टीको पत्रिका हुन्छ, तर प्रा.लि.मा गयो भने त्यो पत्रिका पार्टीको पत्रिका रहन्न, त्यसैले त्यो पत्रिका पार्टी बाहिर नजाओस् भनेर नै उहाँले प्रा.लि.को विरोध गर्नुभएको हो भन्ने उहाँको दावी छ । बताइरहनुपर्ने आवश्यकता छैन कि यो पार्टीको सम्पत्तिमाथि कब्जा गर्ने आफ्नो गलत प्रकारको कारवाहीमाथि ढाकछोप गर्ने प्रयत्न मात्र हो । गोविन्द सिंह थापाले त्यो पत्रिका उहाँको व्यक्तिगत सम्पत्ति नभएको कुरा स्पष्ट शब्दमा स्वीकार गर्नु हुन्छ ।

उहा“ले लेख्नुहुन्छ : यो मेरो सम्पत्ति होइन, यो क्रान्तिकारी श्रमजीवी वर्गको साझा सम्पत्ति हो, म ता संरक्षक मात्र हु ।” पार्टीले उहाँको नाममा त्यो पत्रिका दर्ता गराएको थियो । तर उहाँलाई त्यो पत्रिकाको संरक्षक कहिले पनि बनाएको थिएन । अहिले पार्टीले व्यक्तिगत रुपमा उहाँको नाममा दर्तालाई खारेज गरेर प्रा.लि.को रुपमा त्यो पत्रिकालाई सामूहिक रुपमा लैजाने निर्णय गरेपछि उहाँले स्वघोषित रुपमा आफूलाई त्यसको संरक्षक भएको बताउनु भएको छ । उहाँले जीवनभरी त्यो पत्रिकालाई त्यही रुपमा राख्ने बताउनु भएको छ ।

उहाँको जीवनपछि त्यो पत्रिकाको हक उहाँको परिवारमै जानेछ । उहाँले आफै त्यो पत्रिका उहाँको सम्पत्ति नभएको र क्रान्तिकारी श्रमजीविवर्गको साझा सम्पत्ति भएको बताउनु हुन्छ, तर त्यो साझा सम्पत्तिलाई व्यक्तिगत र पारिवारिक सम्पत्ति बनाउने प्रयत्न गर्दै हुनुहुन्छ । उहाँको त्यो कार्य कति सही वा गलत छ ? कसैले पनि सजिलैसित त्यो कुराको अनुमान गर्न सक्दछ । उहा“को विज्ञप्तीमा भनिएको छ, “पार्टी केन्द्रमा दक्षिणपन्थी विचार हावी भएपछि पत्रिकालाई प्रा.लि.मा दिने प्रस्ताव आएको थियो, तर त्यसलाई मैले स्वीकार गरिन । यो पार्टीको पत्रिका हो पार्टीबाट नै चलाउनुपर्छ भन्ने मेरो मान्यता हो.... कुनै कम्पनीको जिम्मा लगाएर होइन, प्रकाशनबाट पार्टी पन्छिन हुँदैन भन्ने मेरो मान्यता हो ।” उहाँको यो भनाइमा केही प्रकाश हाल्नुपर्ने आवश्यकता छ ।

प्रथम, उहाँले पार्टीमा दक्षिणपन्थी विचार हावी भएपछि पार्टी केन्द्रमा त्यो पत्रिकालाई प्रा.लि.मा लैजाने प्रस्ताव आएको बताउनु भएको छ । महाधिवेशन पहिले नै पार्टीको केन्द्रीय समितिको २०७५ श्रावण १८, अर्थात महाधिवेशन भन्दा करिब १० महिना पहिले बसेको केन्द्रीय समितिको बैठकमा त्यो प्रस्ताव आएको थियो । त्यसबारे कुनै बहुमत वा अल्पमत नभईकन सर्वसम्मतिले त्यो प्रस्ताव पारित भएको थियो ।

त्यसबाट पार्टी केन्द्रमा दक्षिणपन्थी विचार हावी भएपछि त्यो पत्रिकालाई प्रा.लि.मा लैजाने प्रस्ताव आएको थियो भन्ने विचार पूरै असत्य भएको कुरामा कुनै शङ्का रहन्न । द्वितीय, थापाजीले प्रा.लि.मा लैजाने प्रस्तावलाई स्वीकार नगरेको बताउनु भएको छ, तर त्यो कुरा सत्य होइन । उहा“ले त्यो प्रस्तावमा कुनै मतभेद प्रकट गर्नुभएको थिएन र त्यो प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । त्यो निर्णय अनुसार पछि थापाजीको अध्यक्षतामा हाँक प्रा.लि.लाई चलाउनका लागि पाँच सदस्यीय समिति बनेको थियो ।

जसमा अन्य सदस्यहरुमा क. सुरेश, क. प्रविण, क. उदासी र एम.क्षेत्री हुनुहुन्थ्यो । त्यो निर्णय गरेपछि छिट्टै महाधिवेशन हुने भएकोले त्यसपछि नै त्यो निर्णयलाई कार्यान्वयन गर्ने समझदारी भएको थियो । तर महाधिवेशनपछि त्यो निर्णयलाई कार्यान्वयन गर्न छलफल हुँदा उहाँँँले पहिले जस्तै गरेर, अर्थात उहाँको नामको हाँकको दर्तालाई कायम नै राखेर प्रकाशनलाई निरन्तरता दिने कुरामा जोड दिनुभयो र हाँकमाथिको उहाँको व्यक्तिगत स्वामित्व हटाउने वा प्रा.लि.मा लैजाने कुराको विरोध गर्नु भयो ।

गोविन्दसिंह थापाले यो प्रश्न गम्भीरतापूर्वक उठाउनु भएको छ, “म पार्टी केन्द्रसित सोध्न चाहन्छु मैले पार्टीलाई पत्रिका नदिएको कसरी भयो ? सहिद शोभाखर धनन्जय र उहाँकी पत्नीले हामीलाई हस्तान्तरण गरेको क्रान्तिकारी विचार बोकेको पत्रिकालाई पार्टीले चलाउनुपर्छ कि कम्पनीलाई जिम्मा दिएर पन्छिनु पर्छ ? मैले महामन्त्रीलाई अहिले पनि भन्न चाहन्छु पत्रिका बन्द गर्ने निर्णय पुनर्विचार गर्नुहोस्, पत्रिका पार्टीले नै चलाउनु पर्छ अझै केही बिग्रेको छैन । पार्टीबाट मलाई निष्काशन गरेपनि केही फरक पर्दैन तर पत्रिका पार्टीले उही रुपमा चलाउनु पर्दछ भन्ने मेरो मान्यता छ ।” उहाँको पत्रिका “उही रुपमा चलाउनु पर्दछ” भन्नुको अर्थ प्रष्ट छ :त्यसमाथिको उहाँको व्यक्तिगत स्वामित्वलाई कायम राखेर नै त्यसलाई चलाउनु पर्दछ र त्यसो गरेमा उहा“को कुनै असहमति छैन ।

पार्टी केन्द्रीय समितिले पत्रिकालाई प्रा.लि.मा लैजानुपर्छ भन्नुको अर्थ त्यसको प्रकाशनबाट पन्छिन खोजेको भन्ने थापाजीको आरोप सत्य छैन । प्रा.लि.मा लैजानु भन्नुको अर्थ उहाँ एकजनाको नाममा भएको दर्तालाई खारेज गरेर सामूहिक स्वामित्व्मा लैजाने भन्ने हो । अन्यत्र पनि व्यक्तिको नाममा राखिएका सम्पत्तिमा कतिपय ठाउ“मा विश्वासघात हुने गरेको छ । गोविन्दसिंह थापाको व्यवहारबाट पनि त्यो कुरा छर्लङ्ग भएको छ । त्यसैले हामीले पार्टीको व्यक्तिगत स्वामित्व भएको सम्पत्तिलाई सिधै पार्टीको स्वामित्वमा वा कुनै न कुनै प्रकारको सामूहिक स्वामित्वमा लैजाने नीति अपनाएका छौ । नेकपा (मसाल) भूमिगत भएको र दर्ता पनि नभएको हुनाले कानुनी रुपमा त्यसको नाममा कुनै सम्पत्ति राख्न मिल्दैन । त्यसैले हामीले पहिले गोविन्दसिंह थापाको नाममा र पछि प्रा.लि.का रुपमा हाँकलाई राख्ने निर्णय गरेका थियौ ।

तर जसको नाममा राखे पनि त्यसको वास्तविक स्वामित्वपार्टीकै हुन्छ र त्यसको सञ्चालन पनि पार्टीले नै गर्दछ । त्यही नीति अनुसार हाँकलाई पनि प्रा.लि. बनाएर सामूहिक स्वामित्वमा लैजाने निर्णय गरिएको हो । पार्टीको सम्पत्ति एकजनाको नाममा मात्र राख्नु भन्दा एकजना भन्दा बढी व्यक्तिहरुको स्वामित्वमा राख्दा बढी सुरक्षित हुन्छ भन्ने हाम्रो सोंचाइ छ । त्यसैले एकजना व्यक्तिको नाममा भएको सम्पत्तिलाई सामूहिक स्वामित्वमा राख्ने नीति पार्टीले अपनाउ“दै आएको छ । त्यही नीति अनुसार हाँकमा पनि एकजनाको स्वामित्वलाई हटाएर प्रा.लि.द्वारा सामूहिक स्वामित्व कायम गर्ने निर्णय गरिएको थियो ।

त्यसरी प्रा.लि. बनाएपछि पार्टीले त्यसको प्रकाशन पार्टी बाहिरको कुनै कम्पनीलाई दिन्छ भन्ने आरोप निराधार भएको कुरा प्रष्ट छ । गोविन्दसिंह थापाले सरकारलाई सहिदहरुको विवरण दिंदा क. शोभाखर धनन्जयको नाम नदिएकोमा आपत्ति प्रकट गर्नु भएको छ । त्यसरी उहाँको नाम शहिदहरुको सुचिमा नदिनुको पछाडिको कारण के हो त्यसबारे केही प्रकाश पार्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले क. शोभाखर धनन्जय, क. गंगाधर र क. जलजलालाई पनि शहिद मानेको छ । उहाँहरुलाई सहिद मान्नुको पछाडि कुनै पार्टी सदस्यले जीवनको अन्तसम्म पेशेवर भएर पार्टी र क्रान्तिका लागि काम गरेको छ भने त्यसलाई शहिद मान्नु पर्छ भन्ने धारणाले काम गरेको छ । त्यस अर्थमा नै उहा“हरुलाई शहिद मानिएको हो । तर सरकार र दुश्मनको हमलाबाट मृत्यु भएका व्यक्तिहरुलाई नै शहिद मान्नु पर्दछ भन्ने सोंचाइ पनि छ । त्यसरी हत्या गरिएका व्यक्तिहरुको नाम नै शहिदको सुचिमा दिइएको थियो तर क. गंगाधरको आसाममा डायरीया भएर मृत्यु भएको थियो ।

क. जलजलाको दिल्लीमा बस दुर्घटनामा मृत्यु भएको थियो । क. शोभाखर धनन्जयलाई पनि कुनै दुश्मनले हत्या गरेको भन्ने कुनै जानकारी अझैसम्म प्राप्त भएको छैन । हामीलाई प्राप्त जानकारी अनुसार उहाँको पनि दिल्लीमा बस दुर्घटनामा नै मृत्यु भएको थियो । त्यसरी मृत्यु भएका कामरेडहरुको नाम शहिदहरुको सुचीमा सरकारलाई दिनु सही हुदैनथ्यो र हामीले दिएका थिएनौ । विभिन्न दुर्घटना वा रोग लागेर निधन भएका व्यक्तिहरुलाई शहिद मान्ने हाम्रो निर्णय सही भएको छ वा छैन त्यसबारे थप अध्ययन वा छलफल हुनुपर्छ भन्ने कुरा हाम्रो केन्द्रीय समितिमा उठेको छ । त्यसबारे अझैसम्म हामी कुनै निष्कर्षमा पुगेका छैनौं ।

भदौ ११ गते क. शोभाखर धनन्जयको निधन भएको दिन भएको हुनाले त्यो दिन प्रकाशित हाँकमा उहाँको स्मृतिमा केही नलेखिएकोबारे पनि गोविन्दसिंह थापाले विरोध जनाउनु भएको छ । हामीले हाँकको नीति, व्यानर न्यूज वा सम्पादकीय बारे केही निर्देशन दिए पनि त्यसका सबै सामाग्रीहरु हेर्ने वा राख्ने जिम्मा सम्पादक वा त्यो पत्रिकाको काम गर्ने साथीहरुको नै हुन्छ । त्यो दिन क. धनन्जयको स्मृतिमा पहिलेका वर्षहरुमा झैं सामग्री किन दिइएन त्यो कुरा सम्बन्धित सम्पादक वा त्यो पत्रिका हेर्ने सम्बन्धित सम्पादकले नै जान्नुपर्ने कुरा हो । त्यसैले उहाँको स्मृतीमा त्यो दिन सामग्री प्रकाशित नगरिएकोमा हामीलाई दुःख छ । तर क. धनन्जयको सम्पत्ति वा उहाँले पार्टीलाई जिम्मा लगाएको नासोलाई व्यक्तिगत सम्पत्ति बनाउन चाहने व्यक्तिले उहाँको स्मृतिमा हाँकमा कुनै सामग्री प्रकाशित नगरिएकोमा रोष प्रकट गर्नुको कुनै अर्थ छैन ।

गोविन्दसिंह थापाले आफूमाथि भएको अनुशासनको कार्वाहीको चर्चा गर्दै लेख्नु भएको छ : “यो सिलसिला यही“ मात्र सकिने छैन । अझै थुप्रै (क्रान्तिकारी) कामरेडहरुलाई अनुशासनको नाममा सफाया अभियान चलाइने छ । भित्री पार्टी सङ्घर्षको यो अवस्थामा सबै कामरेडहरुलाई अनुशासित धैर्यता र संयमका साथ अगाडि बढ्न र पार्टीलाई ऐक्यवद्ध तथा सुदृढ पार्नका लागि म सबै कामरेडहरुलाई पुनः अपिल गर्दछु ।” पार्टीका नीति, विधानमा अनुशासनको उल्लङ्घन गरेपछि अनुशासनको कार्वाही एउटा निरन्तर चलिरहने प्रक्रिया हो ।

डा. केशरजंग रायमाझीदेखि अहिलेसम्म बारम्बार त्यसप्रकारका कार्वाहीहरु हुने गरेका छन् । पार्टीको सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति बनाउन खोजेको कारणले कारवाहीमा परेका व्यक्तिले “थुप्रै क्रान्तिकारी कामरेडहरुलाई अनुशासनको नाममा सफाया अभियान चलाइने छ” भनेर आफू पनि क्रान्तिकारी भएको हुनाले अनुशासनमा परेको भनेर सावित गर्ने प्रयत्न गर्नु साँच्चिकै हास्यास्पद कुरा हो ।

वास्तवमा उहा“ क्रान्तिकारी भएकाले वा उहाँको फरक मत भएकाले होइन, उहाँले पार्टीको सम्पत्तिमाथि व्यक्तिगत स्वामित्व कायम गर्ने गम्भीर गल्ती गरेको हुनाले नै उहाँमाथि कारवाही गरिएको हो । त्यो गल्तीलाई उहाँले क्रान्तिकारीता वा फरक मतको आडमा ढाकछोप गर्ने प्रयत्न गर्दै हुनुहुन्छ । वास्तवमा महाधिवेशनको बेलामा वा भित्री दुई लाइनको सङ्घर्षको बेलामा फरक मत राख्ने थुप्रै कामरेडहरु पार्टीको केन्द्रीय समितिमा वा विभिन्न स्तरका समितिहरुमा जिम्मेवार पदमा हुनुहुन्छ । त्यसकारण उहाँमाथि कारवाही गरिएको कारणले उहाँहरु सबैलाई सफाया गरिने छ भनेर आफ्नो पक्षलाई सही र न्यायपूर्ण सावित गर्न प्रयत्न गर्नु उहा“को प्रवृत्ति कति निम्न स्तरको छ बुझ्न गाह्रो पर्दैन ।

उहाँको भनाइको त्यो भन्दा हास्यास्पद कुरा यो छ : पार्टीबाट अनिश्चित कालका लागि निष्काशित भइसकेका व्यक्तिले सबै कामरेडहरुसित यो अपिल गर्नु भएको छ : “भित्री सङ्घर्षको यो अवस्थामा सबै पार्टी कामरेडहरुलाई अनुशासित धैर्यता र एकताका रुपमा अगाडि बढ्न पार्टीलाई एकतावद्ध तथा सुदृढ पार्नका लागि म सबै कामरेडहरुलाई पुनः अपिल गर्दछु ।” पार्टीबाट अनिश्चित कालका लागि निष्काशित भइसकेको व्यक्तिले भित्री पार्टी सङ्घर्षको कुरा गर्नुको कुनै अर्थ छैन ।

त्यसका साथै उहाँले एकतावद्ध र सुदृढ हुनका लागि जुन अपिल गर्नुभएको छ, त्यो अपिल कसलाई गरिएको हो ? यो स्पष्ट छ कि उहाँको त्यो अपिलको जवाफमा उहाँसित पार्टी विरोधी, पार्टी बाहिरका, पार्टीमाथि हमला गर्ने व्यक्तिहरु वा अराजक तत्वहरु नै ऐक्यवद्ध’ वा ‘सुदृढ’ हुनेछन् । यस सिलसिलामा एउटा अर्को कुरा पनि प्रष्ट गर्नुपर्ने आवश्यक छ । कानुनी रुपमा त्यो पत्रिका उहाँको नाममा दर्ता भएको हुनाले उहाको स्वीकृत विना त्यसलाई प्रा.लि.मा लैजान वा अरु कसैले प्रकाशित गर्नु सम्भव छैन । त्यसै गरेर उहा“ले त्यसलाई आफै चलाउन चाहेमा वा अरु कसैद्वारा चलाउन चाहे पनि त्यसलाई बन्द गर्नु पनि हाम्रा लागि सम्भव छैन । त्यसैले हामीले पहिले दर्ता भएको “युगज्योति प्रा.लि.”द्वारा युगदर्शन साप्ताहिक प्रकाशित गर्ने निर्णय गरेका छौ“ ।

कतिपय साथीहरुले हाँकलाई पुनः प्रकाशन गरेमा राम्रो हुने विचार प्रकट गर्नु भएको छ । गोविन्दसिंह थापाले एकपटक विश्वासघात गरिसकेको हुनाले त्यो पत्रिकालाई उहा“को व्यक्तिगत स्वामित्वमा राखेर प्रकाशन गर्नु सही नहुने कुरा प्रष्ट छ । उहाँले आफ्नो व्यक्तिगत स्वामित्व समाप्त गरेर पार्टीले तोकेका व्यक्तिहरुको प्रा.लि. मातहतमा त्यसलाई प्रकाशन गर्न मन्जुर गरेमा हामीलाई हाँक साप्ताहिकलाई नै नियमित प्रकाशित गर्न सके खुशी लाग्ने थियो । गोविन्दसिंह थापाले त्यसलाई पुनः विचार गरे त्यो राम्रो कुरा हुने थियो । किनभने सहिद शोभाखर धनञ्जयको त्यो पत्रिका उहाँकी पत्नीले पार्टीलाई हस्तान्तरण गर्नुभएको थियो, व्यक्तिगत रुपमा उहाँलाई हैन । त्यो पत्रिकालाई आफ्ना व्यक्तिगत सम्पत्ति बनाउन खोज्नु उहाँको प्रयत्न निन्दनीय छ ।

हामीले माथि नै लेखिसकेका छौं, हाम्रो पार्टीले कानुनी वाध्यताका कारणले आफ्ना तर्फबाट त्यसलाई बन्द गर्ने वा त्यसबाट अलग हुने निर्णय गरे पनि कानुनी रुपले उहाँसँग स्वामित्व भएका कारणले उहा“ले, जस्तै कि हामीले माथि पनि उल्लेख ग¥यौ, उहाँले एक वा अर्को प्रकारले त्यसलाई सञ्चालन गर्दै जाने सम्भावनालाई अस्वीकार गर्न सक्दैनौं । त्यसरी त्यो पत्रिका चले पनि त्यसले हाँकको पहिलेको प्रतिष्ठा र गौरवलाई कायम राख्न सक्ने छैन । बढीभन्दा बढी पार्टीमाथि हमला गर्नको लागि पार्टी विरोधीहरुको हातमा एउटा हतियार बन्नेछ ।

किनभने प्रथम, कानुनी रुपमा नभएपनि वास्तविक रुपमा पार्टीको स्वामित्वमा चलेको पत्रिका पार्टीसित विश्वासघात गरेको कारणले कारवाहीमा परेका एकजना व्यक्तिको स्वामित्वमा चल्नेछ । द्वितीय, हाँकको निधारमा विश्वासघातको कालो टिका लागेको हुनेछ । त्यसैले गर्दा गोविन्दसिंह थापाले त्यो हा“कलाई चलाए पनि त्यो पहिलेको गौरवमय र लामो इतिहास बोकेको हाँक हुने छैन । पार्टीले आफ्नो इतिहासमा विभिन्न कारण वा परिस्थितिवश आफ्ना कैयौं प्रकाशनहरुलाई बदल्दै वा एकको ठाउँमा अर्कोलाई प्रकाशित गर्दै आएको छ । पहिले पार्टीले जनमतलाई प्रकाशित गर्दथ्यो । पछि पृष्ठभूमि, महिमा, योजना आदिलाई प्रकाशित गर्ने गरेको थियो । त्यही क्रममा पछि हामीले हाँक प्रकाशित गर्न थालेका थियौ“ । अहिले पुनः हाँकका ठाउँमा युगदर्शन प्रकाशित गर्ने निर्णय गर्नु परेको छ । जुन पत्रिकालाई प्रकाशित गरे पनि पार्टीको नीति र पार्टी नै मुख्य हुन्छ र व्यक्ति मुख्य हुँदैन । कुनै पत्रिकाको महत्व त्यसको पछाडि पार्टी वा पार्टीको राजनीति भएको हुनाले नै हुन्छ ।

त्यसैले ने.क.पा.(मसाल)को क्रान्तिकारी राजनीतिक लाइनलाई अगाडि बढाउन युगदर्शन साप्ताहिकले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने कुरामा हामीले पूरा विश्वास गरेका छौं । गोविन्दसिंह थापालाई पार्टीबाट निष्काशित गरेपछि वा हामीले हाँकको ठाउँमा युगदर्शनलाई साप्ताहिकको रुपमा प्रकाशित गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल वा अनलाइनहरुमा हाँकलाई बन्द गरेकोमा विरोधका स्वरहरु पनि प्रकट हुने गरेका छन् तर के स्पष्ट हुनु पर्दछ भने हामीले हा“कलाई बन्द गरेको होइन तर पार्टीको सम्पत्तिमाथि थापाले आफ्नो व्यक्तिगत स्वामित्व कायम राख्ने कुरा गरेको हुनाले नै हामीले त्यसबाट अलग हुने निर्णय गरेको हो । पार्टीको सम्पत्तिमाथि व्यक्तिगत स्वामित्व कायम गर्ने प्रयत्न अत्यत निम्नस्तरको अनैतिक कार्य हो

तर उहाँले त्यसो गर्दा पनि कैयौं व्यक्तिहरुले उहँको पक्ष लिने वा उहाँको नाममा नै हाँकलाई निरन्तरता दिने कार्यलाई समर्थन गरेको पनि पाइन्छ । पार्टी विरोधीहरुले त्यसो गर्नु अस्वभाविक कुरा होइन । उनीहरुले हा“क पार्टीबाट अलग भएपछि त्यसलाई उपयोग गरेर पार्टीको क्रान्तिकारी राजनीति वा पार्टीमाथि हमला गरेर पार्टीलाई कमजोर पार्न चाहन्छन् । पार्टीमा हुने कुनै पनि मतभेद वा फूटलाई उनीहरुले जहिले पनि पार्टीका विरुद्ध प्रयोग गर्ने प्रयत्न गर्दछन् । त्यसै गरेर बुर्जुवा वा प्रतिक्रियावादीहरुका लागि पार्टीको वा कुनै सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत गराउनु पनि उनीहरुको नैतिकताका विरुद्धको कुरा हुँदैन । तर यस सन्दर्भमा आश्चर्य र दुःखको कुरा के छ भने आफूलाई कम्युनिस्ट वा क्रान्तिकारी बताउने कतिपय व्यक्तिहरुले गोविन्दसिंह थापाको त्यसप्रकारको व्यवहारलाई प्रशंसा गरिहरेका छन् वा त्यो कार्यमा, यहाँसम्म कि उहाँले विश्वासघात गरेर वा गम्भीर प्रकारको अनुशासनविहीनताको प्रदर्शन गर्न खोजेको हाँकलाई पनि समर्थन वा सहयोग गर्न खोजेको देखिन्छ ।

अहिले जुन प्रकारको अवस्थामा, पार्टीको सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति बनाएर, गोविन्दसिंह थापाले हा“कलाई प्रकाशित गर्ने प्रयत्न गर्दै हुनुहुन्छ, त्यसलाई सबै पार्टी विरोधी शक्तिहरुले आफ्ना निहित स्वार्थहरुको पूर्तिका लागि प्रयोग गर्नेछन् । खास गरेर आठौं महाधिवेशनले पारित गरेको क्रान्तिकारी लाइनका विरुद्ध उनीहरुले त्यसलाई अधिकतम रुपमा प्रयोग गर्ने प्रयत्न गर्नेछन् ।

त्यसरी का. धनन्जयले क्रान्तिकारी उदेश्यका साथ शुरु गरेको हा“क अब गोविन्दसिंहको हातमा पुगेर ने.क.पा. (मसाल) को लामो, गौरवपूर्ण इतिहास तथा आठौं महाधिवेशनको क्रान्तिकारी सिद्धान्त र राजनीतिक लाइनका विरुद्ध हमला गर्नका लागि हतियारका रुपमा पतन हुने छ । तर हामीलाई विश्वास छ, का. धनन्जयको क्रान्तिकारी सपना र हा“कको उचाइ र गौरवपूर्ण इतिहासलाई युगदर्शनले लगातार र झन् उच्च रुपमा अगाडि बढाइरहने छ ।

प्रतिक्रिया दिनुहोस