शेखर कोइरालाले किन दिए पत्रकारलाई रात्री भोज ?

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०७६, ०८ : ५२
शेखर कोइरालाले किन दिए पत्रकारलाई रात्री भोज ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आफ्नै निवासमा पत्रकारलाई रात्री भोज दिएका छन् । आइतबार राती उनले परराष्ट्र र सुरक्षासँग सम्बन्धित क्षेत्रमा कार्यरत झण्डै एक दर्जन पत्रकारलाई निवासमा बोलाई रात्री भोज दिएका हुन् ।

शेखरको निम्तो दैनिक पत्रिकामा कार्यरत पत्रकारहरुलाई थियो । त्यसमा उनले दैनिक पत्रिकामा कार्यरत नरहेपनि केही थप आफु्नो विश्वासिला पत्रकारलाई पनि निम्ताएका थिए ।

कांग्रेसको अबको १४ औं महाधिवशेनमा सभापति उठ्ने दाबी शेखरले गरिरहेका बेला उनले पत्रकारलाई बोलाएर किन रात्री भोज दिए ? अहिले कांग्रेसभित्रै चर्चा छ । अझ कोइराला परिवारमा पनि यो विषयले चर्चा पाएको छ ।

उनले आफ्नै निवासमा बोलाएका पत्रकारहरुलाई पार्टीभित्रको राजनीति, समसामायिक राजनीति देखि सरकारका काम कारवार्हीका विषयमा केन्द्रीत रहेर आफ्नो धारणा सुनाएका थिए ।

कांग्रेस सभापति देउवाको एकलौटी पाराले बिग्रेको भन्दै त्यसको सुधार कोइराला परिवारमा पनि आफु बाहेक अर्काेले नसक्ने शेखरले तर्क अगाडी सारेका थिए । डा शसांकले पार्टीको समग्र नेतृत्व दिन नसक्ने, सुजाताबाट अब राजनीति अगाडी नजाने भएकोले कोइराला परिवारको एक्लो नेतृत्वदायी ब्यक्ति आफै भएको तर्क शेखरले गरेको सहभागी एक पत्रकारले बताए ।

उनले सञ्चारकर्मीहरुलाई आफुलाई महाधिवशेनमा सघाउनका लागि पनि आग्रह गरेका थिए । ‘तपाईहरुको साथ र सहयोग मलाई आवश्यक छ, सहयोग गर्नुप¥यो,’ शेखरले पत्रकारहरुलाई आग्रह गरेका थिए ।

कांग्रेस आस्था राख्ने पत्रकारलाई मात्र निम्ताईएको त्यो जमघटमा उनले देउवा र रामचन्द्र पौडेलको पुस्ता अब कांग्रेसमा रिटार्यड पुस्ता रहेको पनि तर्क गरे ।

‘उमेरमा ७० नाघिसक्नुभयो, अझै पनि उहाँहरुले नेतृत्व गर्ने र पूता हस्तान्तरण नेतृत्वले नगर्ने हो भने कांग्रेस अब धारासायी हुन्छ,’ शेखरले भनेका थिए ।

उनले आगामी महाधिवेशनको सम्भावित समिकरणका विषयमा पनि चर्चा गर्न खोजेका थिए । देउवा र आफु पक्षकै बीचमा महाधिवेशनमा भीडन्त हुने कोइरालाले तर्क गरे । उनले कोइराला परिवारका तीन नेताका बीचमा कुनै असहमझदारी नहुने  र अन्तत कांग्रेसलाई जोगाउने गरि निर्णय आउनेमा विस्वस्त हुन पनि पत्रकारलाई आग्रह गरेका थिए ।

आफुले अब यस्ता भेटघाट नियमति गराउने भन्दै पार्टीभित्रको हितलाई ध्यानमा राखिदिन र आफनो पक्षमा राजनीतिक माहोल सिर्जनाका लागि भूमिका खेलिदिन आग्रह गर्दै पत्रकारलाइृ विदा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस