वामदेव गौतम र विष्णु पौडेल आज सिंगापुर जादैं

माधव नेपाल माल्दिसवाट फर्केलगत्तै वामदेव र विष्णु पौडेल सिंगापुर तर्फ

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०७६, ०७ : ४७
वामदेव गौतम र विष्णु पौडेल आज सिंगापुर जादैं

काठमाडौं । सत्तारुढ दल नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम तथा महासचिव विष्णु पौडेल आज सिंगापुर जादैछन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि नेताद्दय सिंगापुर जान लागेका हुन् ।

‘उहाहरु (वामदेव र विष्णु) आज दिउँसो सिंगापुर जादै हुनुहुन्छ,’ महासचिव पौडेलका स्वकिय सचिव यम पाण्डेले भने,–‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ््ने र प्रधानमन्त्रीसँगै स्वदेश फर्किने गरी उहाँहरु जान लाग्नुभएको हो ।’

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया अन्र्तगतको ‘प्लज्मा फेरेसिस’को एउटा मात्र उपचार प्रक्रिया अब गर्न बाँकी छ । यो उपचार प्रक्रिया पूरा गरेर ओली २० भदौंमा स्वदेश फर्किने कार्यक्रम छ ।

गौतम र पौडेललाई पार्टी ले नै प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जानकारी लिने र प्रधानमन्त्रीको हौसल्ला वढाउनका लागि सिंगापुर पठाउन लागिएको एक नेताले बताए । ‘पार्टी अध्यक्ष प्रचण्ड सहितको सल्लाहपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन र हौसल्ला बढाउनका लागि महासचिव कमरेड र वामदेव कमरेड सिंगापुर जान लाग्नुभएको हो’ नेकपाको सचिवालयका एक नेताले बताए ।

प्रधानमन्त्री भदौं ५ मा दोश्रोपटक फलोअप उपचारका लागि सिंगापर प्रस्थान गरेका थिए । प्रधानमन्त्री सिंगापुर जानु ५ घण्टा अगाडी मात्रै नेकपा सचिवालयमा प्रधानमन्त्रीको स्वास्थ्य लाभका विषयमा ओली र वरिष्ठ नेता माधव नेपालका बीचमा भनाभन समेत भएको थियो ।
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालले बाहिर जे देखाएपनि भित्री रुपमा आफ्नो स्वास्थ्यका विषयमा गर्ने टिप्प्णीका विषयमा आफु जानकार रहेको भन्दै स्वास्थ्य लाभ नचाहिएको बताएपछि नेकपा सचिवालय बैठकमा चर्काचर्की परेको थियो ।

त्यसवीचमा नेपाल माल्दिस पुगेर स्वदेश फर्केका छन भने पौडेल र गौतम प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी लिन सिंगापुर जान लागेका हुन् ।

पछिल्लो दिनमा पार्टीभित्र गौतम समेत ओलीको पक्षमा लागेपछि नेकपाभित्र राजनीतिक समिकरणमा अदलवदल भएको थियो । पौडेल त पहिल्यै देखि ओली पक्षकै नेता हुन् । ओली निकट दुवै नेताको सिंगापुर भ्रमण ले पनि समिकरण मा प्रभाव राख्न सक्ने आशंकामा नेकपाका नेताहरु देखिएका छन् ।

प्रधानमन्त्री ओली स्वदेश फर्केपछि मात्र अब नेकपाको सचिवालय बैठक बस्ने देखिएको छ । २० भदौंमा स्वदेश फर्केपछि मात्र पार्टी बैठक बस्ने तय गरी महासचिव पौडेल र गौतम त्यसतर्फ लाग्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस