पर्यटन मन्त्री भट्टराईको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणको उपप्रबन्धकबाट खत्रीलाई हटाइयो

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०७६, २१ : ०३
पर्यटन मन्त्री भट्टराईको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणको उपप्रबन्धकबाट खत्रीलाई हटाइयो

काठमाडौं । पर्यटनमन्त्री योगेशकुमार भट्टराईको निर्देशनमा किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ ।

सोमबार मन्त्री भट्टराइले खत्रीलाई उपप्रबन्धकबाट हटाएका हुन् । 

आइतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न मन्त्री भट्टराईले निर्देशन दिएका थिए । लगतै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस