विप्लवको निसानामा अब को–को ? विप्लव स्वयंले गरे खुलासा

एनसेललाई देशबाटै निकाल्ने सम्मको विप्लवको पार्टीको कार्यक्रम

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०७६, ०९ : २३
विप्लवको निसानामा अब को–को ? विप्लव स्वयंले गरे खुलासा

काठमाडौं । राज्यलाई हुँकार दिएर ध्वंसात्मक गतिविधिमा लागेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले पार्टीको आफनो निसानामा रहेकाहरुको बारेमा सार्वजनिक खुलासा गरेको छ । त्यो पनि अन्य नेताहरुले भन्दा पनि पार्टी महासचिव विप्लव स्वयंले ।

पार्टीको आधिकारिक समाचार संस्था इरातो खबर डटकममा दिएको पछिल्लो भिडियो अन्र्तवार्तामा विप्लवले आफ्नो पार्टीको निसानामा रहेकाहरुको सार्वजनिक खुलासा गरेका हुन् ।

पार्टीकै केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख अनिल शर्मा विरहीलाई दिएको १ घण्टा ९ मिनेटको अन्र्तवर्तामा विप्लवले आफ्नो पार्टीको निसानामा तत्कालै सुरक्षाकर्मीहरु नरहेको भन्दै केही प्रतिनिधीमुलक ब्यक्ति, संघ,सस्थाहरु भने पार्टीको आक्रमणको तारो बन्ने बताएका हुन् ।

विश्व बदलिएको अवस्थामा आफ्नो पार्टीको राजनीतिक र फौजी कार्यादिशा पनि बदलिएको भन्दै विप्लवले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापनार्थ आफुहरु लागिपरेको प्रष्टाएका छन् ।

को – को छन् तारोमा ?
विप्लवले आफै अन्र्तवार्तामा केही पार्टी आक्रमणको निसाना खुलाएका छन् । विप्लवका अनुसार, एनसेलमाथीको आक्रमण विप्लवको पार्टीले आगामी दिनमा पनि तिव्र वनाउने देखिएको छ । त्यसका विरुद्धमा त उक्त पार्टीले चरणवद्ध संर्घषको कार्यक्रम समेत घोषणा गरिसकेको छ ।

सर्वाेच्चले आफै एनसेलको कर सम्वन्धमा दिएको निर्णयका विरुद्धमा उसले केही संर्घषका कार्यक्रम घोषणा गरिसकेको छ ।

भदौ १७ गते न्यायधिसहरुको पुत्ला दहन गर्ने, भदौ १९ गते देशभरी मशाल जुलुस प्रर्दशन गर्ने, भदौ २१ गते एनसेलका कार्यालयहरुमा विरोध प्रर्दशन गर्ने, भदौ २३ गते एनसेल कार्यालयहरुमा तालाबन्दी गर्ने र भदौ २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्नेसहितको कार्यक्रमहरु विप्लव स्वयंले वक्तब्य जारी गरेर घोषणा गरेका थिए ।

आइतवारको पछिल्लो अन्र्तवार्तामा उनले एनसेललाई नेपालवाटै निश्काशन गराउने सम्मको कार्यक्रम पार्टीले ल्याउने बताएका छन् । ‘एनसेललाई नेपालबाट खारेज गर्नुपर्छ, वहिष्कार गदैछौं हामी’ विप्लवले अन्र्तवार्तामा भनेका छन्,–‘त्यो लेवलको कारवाही गरेर देशबाटै उसलाई निकाल्नुपर्छ ।’

एनसेलमाथीको आक्रमण आफनो पार्टीको हिजो पनि रहेको, आज पनि रहने र भोलि झन वढोत्तरी भएर जाने विप्लवले अन्र्तवार्तामा भनेका छन् । उनले अन्य कारवाहीका विषयमा पनि अन्र्तवार्तामा वर्ताका छन् ।

‘हामीले ४,५ ओटा आक्रमणका विषयमा सोचेका छौं, पहिलो, एनसेलमाथीको कारवाही, त्यो हिजो पनि गरेका थियौं, अब पनि गछौं, अर्काे अरुण तेश्रो, अपर कर्णाली लगायतमा गछौं, हामी त्यो आयोजना सफल हुन दिदैनौं, त्यस्तै, कोशी हाइड्याम्प र मानव वेचविखन गर्ने म्यानपावरहरुमाथी हामी निसाना केन्द्रीत गछौं,’ विप्लवले अन्र्तवार्तामा भनेका छन् ।

वार्ता सरकारको अफवाह मात्रै
विप्लवले अन्र्तवार्तामा सरकारले वार्ताको नाममा कुटनीतिक सैन्य रणनीति मात्र प्रयोग गरेको बताएका छन् । ‘सरकारले एकातिर वार्ताको कुरा पनि गर्ने र अर्काेतिर ब्यवहारमा हाम्रा जिम्मेवार संगठनात्मक काममा निशस्त्र हिडेका नेता कार्यकर्तालाई समात्ने, मुठभेडका नाममा कायरतापूर्वक हत्या गर्ने सम्मका काम गरिरहेको छ,’ विप्लवले भने, ‘या त यो सरकारको जनतामा भ्रम पार्ने कुटनैतिक सैन्य रणनीति हो, या त केपी ओलीले वार्ता चाहेको अरुले सेवोटेज गरिदिएको भन्ने हो । वार्तामा खास उसको जनता झुक्याउने काम मात्र देखिन्छ ।’ उनले आफनो पार्टीले वार्ताको कुरा नगरेको क्रान्तिको कुरा गरेको पनि बताएका छन् । उनले विगतमा हिडेको वाटो सजिलो भएपनि खन्ने वाटो अप्ठायारो रहेको भन्दै पार्टी कार्यादिशामा कुनै अष्पष्टता नरहेको पनि वताएका छन् ।

भारत साम्रज्यवादी !
विप्लवले भारतलाई हेर्ने दृष्टिकोणमा पनि अब फेरबदल हुनुपर्ने बताएका छन् । विगतमा नेपालका कम्युनिष्टहरुले भारतलाई विस्तारवादी भने पनि अहिले उसको चरित्रमा फेरबदल आईसकेको विप्लवको बुझाई छ ।

‘भारतको चरित्र अब साम्राज्यवादी भईसक्यो, पहिले पहिले विस्तारवादी भनेपनि,’ विप्लवले अन्र्तवार्ताका क्रममा भनेका छन्,–‘कमजोर देशहरुलाई खाने तिर उसको चरित्र विकसित भईसकेपछि अव उ विस्तारवादी भन्दा पनि साम्राज्यवादी भईसक्यो । कास्मिरको पछिल्लो घटनाले पनि भारत अब साम्राज्यवादी भईसकेको पुष्टि गरिसक्यो ।’

प्रतिक्रिया दिनुहोस