प्रचण्डको राजनीतिक भेटघाट तिव्र : सचिवालय बैठक बोलाउने तयारी

महासचिव विष्णु पौडेल लगायत नेतासँग आन्तरिक छलफल

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०७६, ०८ : २४
प्रचण्डको राजनीतिक भेटघाट तिव्र : सचिवालय बैठक बोलाउने तयारी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट तिव्र बनाएका छन् । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफु नभएका बेलामा पनि पार्टी बैठक राखेर आवश्यक निर्णय लिने अधिकार सचिवालयमा प्रचण्डलाई दिएपछि उनले राजनीतिक भेटघाट तिव्र बनाएका हुन् ।

प्रचण्डले ओलीको अनुपस्थितीमा पहिलो पटक पार्टी बैठक बोलाएर केही आवश्यक निर्णय लिईसेकका छन भने पून बैठक बोलाउनका लागि पार्टीका शीर्ष नेताहरुसँग आन्तरिक परामर्श गरिरहेका छन् ।

पार्टी एकताका अझै पनि केन्द्रीय आयोग, महानगरका कमिटि, प्रवास कमिटि लगायतका कामको टुंगो लगाउन बाँकी नै छ । अबको सचिवालय बैठकबाट उनले यो विषयमा निर्णय गराउने गरी आन्तरिक छलफल र तयारी थालेका हुन् ।

प्रचण्डले यसैका लागि छलफल गर्न आइतबार पार्टी महासचिव विष्णु पौडेलसँग लामो परामर्श गरेका छन् । प्रचण्ड निवास खुमलटारमा उनले महासचिव पौडेललाई बोलाएर आन्तरिक छलफल गरेका थिए ।

‘पार्टीको बाँकी एकताका काम टुंगो लगाउने र छिटटै पार्टी सचिवालय बैठक बोलाउने विषयमो केन्द्रीत रहेर अध्यक्षसँग छलफल भयो,’ महासचिव पौडेलले भने ।

प्रचण्डले एकसरो पार्टी सचिवालयमा रहेका अन्य नेताहरुसँग पनि छलफल गर्ने र बैठक बोलाउने तयारी गरेका छन् । यही क्रममा उनले अन्य नेताहरुलाई पनि पालैपालो छलफलका लागि बोलाउन खोजेका छन् ।

पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आज र वुधबार सिंगापुरको नेशनल युनिभर्सिटि हस्पिटलमा प्लाज्मा फेरिसस उपचार गराएपछि उपचार प्रक्रिया सकिने र स्वदेश फर्किने बताईएको छ ।

त्यसो हुदा दुई दिन ढिलाई गरेर बैठक वोलाउने की भन्ने विकल्पमा पनि प्रचण्ड देखिएका छन् ।

‘जे होस, २२/२३ गतेभित्र सम्म पार्टी सचिवालयको बैठक अध्यक्षले आह्वान गर्नुहुन्छ होला,’ सचिवालयका अर्का एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस