मोहनविक्रमको पार्टीमा झगडै–झगडा

हाँक साप्ताहिकका लागि नयाँ झगडा, मसालको मुखपत्र अब हाँक नहुने, युगदर्शन आउने

सफल खबर संवाददाता

आइतबार, १५ भदौ २०७६, ०९ : ५४
मोहनविक्रमको पार्टीमा झगडै–झगडा

काठमाडौं । मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) मा फेरि विवाद चुलिएको छ । पार्टीमा पछिल्लो दिनमा फरक मत राख्ने नेता–कार्यकर्ताप्रति असहिष्णुता बनेको भन्दै महासचिव सिंहप्रति आरोप लागिरहेका वेला पछिल्लो पटक नेता गोविन्दसिंह थापा पार्टी कारबाहीमा परेका छन् ।

पार्टी महामन्त्री मोहनविक्रम सिंह र ‘मामा’ उप नामले मसालभित्र र बाहिर समेत चर्चित ७२ वर्षीय वरिष्ठ वाम नेता थापाबीच नयाँ विवाद देखिएको हो । सिंह र थापा नातामा पनि मामा भान्जा हुन् ।

१० भदौंको पोलिटब्यूरोको बैठकले थापालाई मसालले पार्टीको साधारण सदस्यबाट समेत निलम्वन गरेपछि विवाद उत्र्कषमा पुगेको हो ।

पचास वर्ष मसालको संगठन निर्माणमा जीवन नै समर्पण गरेका वरिष्ठ नेता थापालाई मोहन विक्रम सिंह (एमबी)ले सानोतिनो विषयमा निहुँ खोजेर पार्टीबाट बर्खास्त गरेर बाम राजनीतिमा कमजोर संगठन भएको मसाललाई अरु बढी कमजोर बनाएका छन् ।

विवादका वीच पार्टी मुखपत्रका रुपमा निस्कदै आएको हाँक साप्ताहिकमा समेत त्यसको असर परेको छ ।

शुरुमा थापा निस्काशनमा परेसँगै हाँक कसले कब्जा गर्ने भन्नेमा पनि सिंह र थापाका वीचमा विवाद चुलिएको थियो । पार्टीको आठौं महाधिवशेन पूर्व नै पनि फरक मत राख्ने नेताहरुलाई कारवाही गरेर सिहंले पार्टी महाधिवेशन प्रतिनिधी बन्न बाट समेत रोकेका थिए ।

यो विवाद चुलिदै जादा अहिले मामा भान्जाकै विचमा विवाद चुलिएको मसालका एक नेताले बताए ।

हाँक साप्ताहिक थापाले मसालले दाबी गरेपनि दिन नचाहेपछि अब थापाले नै चलाउने भएका छन् । उनले वक्तब्य नै जारी गरी हाँक बन्द नहुने जानकारी गराएका छन् । हाँक नपाएपछि अब मसालले भने नयाँ ‘युगदर्शन साप्ताहिक’ प्रकाशनमा ल्याउने भएको छ ।

अब पार्टीको आधिकारिक प्रकाशन वा मुखपत्रको रुपमा ‘युगदर्शन साप्ताहिक’ ल्याउने तयारीमा मोहनविक्रम सिंह हरु लागेका छन् ।

सिहंले हाकलाई कुनै प्राइभेट कम्पनीलाई जिम्मा लगाउन हुन्न भन्दा आफुमाथी प्रतिशोधको भावनाले कारबाही गरिएको बताएका छन् ।

यस अगाडी पनि सिंहले लामो समय पार्टी र क्रान्तिका लागि लडेका कलाकार जीवन शर्मा लगायतलाई कारवाही गरेका थिए । त्यसवेला पनि निक्कै आलोचित वनेका थिए महामन्त्री सिंह । 

प्रतिक्रिया दिनुहोस