जाजरकोटमा पहिरोमा पुरिदाँ एकै परिवारका तीनको मृत्यु

श्रीमान भागेर बाँचे, श्रीमति र दुई छोरी घटनास्थलमा परे

सफल खबर संवाददाता

आइतबार, १५ भदौ २०७६, ०८ : ३५
जाजरकोटमा पहिरोमा पुरिदाँ एकै परिवारका तीनको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका– २ तिमिलेमा दलपहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानिय बहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सफल खवरलाइृ टेलिफोनमा दिएको जानकारी अनुसार, घटना आज बिहान पौने २ बजे घटेको हो ।

पहिरोले पुरिदा बलबहादुरका ३२ वर्षीया श्रीमति पार्वती वली, छोरीहरु ९ वर्षीया मोतीकला वली र ३ वर्षीया धनसरा वलीको मृत्यु भएको हो ।

बलवहादुर भने घर बाहिर सुतेका कारण भागेर वाच्न सफल भएको प्रजिअ बस्नेतले जानकारी दिए । अहिले घटनास्थलमा उद्धारका लागि शसस्त्र प्रहरी परिचालन गरिएको पनि उनले जनाए । घटनाको थप विवरण आई सकेको छैन ।

‘घटनाको पूर्ण विवरण त आएको छैन, प्रारम्भिक रिपोर्टमा एकै परिवारका ३ जनाको निधन भएको खबर छ, घटनास्थलमा अहिले सुरक्षाकर्मीहरु उद्धारमा पुगिसकेका छन्,’ प्रजिअ बस्नेतले भने ।

प्रतिक्रिया दिनुहोस