एजेन्सी । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमै एथ्लेटिक बिल्बाओसँग हार खेप्यो ।
उक्त खेलमा कप्तान लियोनल मेस्सी बार्सिलोनालाई खड्कीएको थियो । पिडुचोटका कारण फिजियो थेरापी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा फर्किएका छन् ।
मेस्सी प्रशिक्षणमा फर्किएपछि बार्सिलोनाले राहत महशुस गरेको छ । मेस्सी ला लिगाकै तयारीका क्रममा एक साता अघि घाइते भएका थिए ।
मेस्सी विना पहिलो खेलमा बार्सिलोना बिल्बाओसँग १–० गोलले पराजित भएको थियो । लिगको अर्को खेलमा मेस्सी मैदानमा उत्रने बताईएको छ । बार्सिलोनाले लिगको दोस्रो खेलमा आइतबार रियल बेटिससँग घरेलु मैदानमा खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस