बुढीगण्डकीको सम्झौता खारेज गर्नु गम्भीर गल्तीः प्रचण्ड

बुधबार, २९ कार्तिक २०७४, ०९ : ०८
बुढीगण्डकीको सम्झौता खारेज गर्नु गम्भीर गल्तीः प्रचण्ड

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले वुढीगण्डकी जलविद्युत्त आयोजनाको चिनिया कम्पनीसंगको सम्झौता खारेज गरेर गम्भीर गल्ती गरेको वताउनुभएको छ ।

चितवनको भरतपुरमा आफ्ना चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाले सरकारले चिनिया कम्पनी गेजुवासंगको सम्झौता खोरज गर्नु आर्थिक विकासमा वाधक वन्नु भएको वताउनुभयो ।  दाहालले वुढीगण्डकी जलविद्युत्त आयोजना विद्युत्तसंग मात्रै सम्वन्धित नभई समग्र देशको आर्थिक र सामाजिक विकाससंग पनि जोडिएकोले ति सवै नहुन् भन्ने धारणाले सरकारले एकलौटी रुपमा सम्झौता खारेज गरेको दावी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुदा कैयन यस्ता लोकप्रिय निर्णयहरु गरिएकोवाट वर्तमान सरकार आत्तिएको पनि जिकिर गर्नुभयो । उहाले ऐन कानुन मिचेर सरकार चलिरहेको र सरकारमै रहेको आफ्नो पाटी र मन्त्रीहरुलाई हेप्ने मात्रै गरेको वताउनुभयो । चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उमेद्वार रहनुभएका दाहालले सो पत्रकार सम्मेलन मार्फत जिल्लाका सातै वटा स्थानिय तह एकिकरण गरी चितवन मेट्रो सिटि बनाउने उद्धेश्य सहित बिकास र सम्बृद्धिको खाका एवम् प्रतिबद्धता  सार्वजनिक गर्नु भएको थियो ।
दाहालको प्रतिबद्धता पत्रमा एक वर्षमा ५० हजार रोजगार सिर्जना गर्नेगरी प्रचण्ड रोजगार योजना, सुकुम्वासीको व्यवस्थापनका लागि प्रचण्ड आबास योजना, चितवन औद्योगिक नगरी, सम्बृद्ध माडी सम्पन्न माडी बासीको सपना, चितवन कृषि शिक्षा र उत्पादनको मुख्य केन्द्र, सामुदायीक शिक्षामा क्रान्तिकारी बिकास, सम्बृद्ध र बिकसित चितवनको सपना, पर्यटकिय चितवन नगरीका लागि बिशेष योजना, चितवनलाई मेडिकल राजधानी  बनाईने र चितवनको बिकास निर्माणको स्थायीत्व शिर्षकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस