मृतक पत्रकार सालिकरामको न्यायका लागी प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, ३२ साउन २०७६, ११ : ०४
मृतक पत्रकार सालिकरामको न्यायका लागी प्रदर्शन

चितवन । पत्रकार सालिकराम पुडासैनिको मृत्यु प्रकरणका विषयमा निष्पक्ष छानविन गर्न भरतपुरमा आज प्रदर्शन भएको छ । स्वतन्त्र युवा समुहको नाममा गरिएको प्रदर्शनमा युवाहरुले पुडासैनीको न्यायका लागी प्रदर्शन गरेका थिए । उनिहरुले आफुहरु कसैको समर्थन वा कसैको विरोधमा नभई पत्रकार पुडासैनिको न्यायका लागी मात्रै भएको बताएका छन । पुडासैनि मृत्यु प्रकरणमा नाम जोडीएपछि पत्रकार रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की पक्राउ परेपछि रविका समर्थकहरुले आन्दोलन चर्काउन थालेका छन । 
आन्दोलनले अनुसन्धान प्रक्रिया प्रभावित नहोस भन्ने उदेश्यका साथ प्रदर्शन गरिएको युवाहरुको भनाई छ । उनिहरुले पत्रकार पुडासैनिबारे निष्पक्ष छानबिन गर, सत्यतथ्य सार्वजनिक गर, अपराधलाई राजनितिकरण नगरौँ, पुडासैनिले न्याय पाउनैपर्छ लगायतका प्लेकाडहरु प्रदर्शन गरेका थिए । 
रविका समर्थक र प्रहरीविच झडप हुनथालेपछि थप अप्रिय घट्ना नघटोस भन्नका लागी युवाहरुले शान्तिपुर्ण कार्यक्रम आयोजना गरेको अभियान्ता असोक देवकोटाले बताए । पुडासैनि मृत्यु प्रकरणका आरोपी रवि सहितका ३ जनालाई जिल्ला अदालतले अनुसन्धानका लागी ५ दिनको म्याद थपेको छ । 
यसैबिच भरतपुरका विभिन्न स्थानमा मानिसहरु जम्मा हुने, नाराबाजी गर्न थालेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । विभिन्न चोकमा प्रहरी टोली परिचालन गरीएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस