चितवन । पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीविच दोहोरो झडप हुँदा डेढ दर्जनबढी घाईते भएका छन । झडपका क्रममा एक जना असईसहित ७ जना प्रहरी र एक दर्जन प्रदर्शनकारी पनि घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अगाडी उश्रृंखल गतिविधि गर्नथालेपछि भिड नियन्त्रण गर्नेक्रममा झडप भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले बताए । विहानै देखि प्रहरी कार्यालय परिसरमा नारावाजी गर्दै आएका प्रदर्शनकारीहरुले साँझपख अनावश्यक हुलदुङ्गा मच्चाएको प्रहरीले जनाएको छ ।
झडपका क्रममा १० सेल अश्रुग्यास समेत प्रहार गर्नुपरेको कोईरालाले बताए । अश्रुग्यास हानेपछि प्रदर्शनकारी तितरवितर हुुँदा अहिले अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।
रवि लामिछानेसहित ३ जनालाई जिल्ला अदालतबाट आज ५ दिनको म्याद थप गरेपछि प्रदर्शनकारी थप आक्रोसीत बनेका थिए । उनिहरु रविलाई रिहा नगरेसम्म जिल्ला प्रहरी कार्यालय अगाडीको क्षेत्रबाट नहट्ने भन्दै साँझपख पनि नारा लगाउदै बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ साउन २०७६, १९ : ५५
लेखकबाट थप