रविका समर्थकद्वारा प्रहरी कार्यालय अगाडी प्रदर्शन (फोटो फिचर)

सफल खबर संवाददाता

शुक्रबार, ३१ साउन २०७६, १२ : १५
रविका समर्थकद्वारा प्रहरी कार्यालय अगाडी प्रदर्शन (फोटो फिचर)

चितवन । रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय चितवन अगाडी प्रदर्शन गरेका छन । पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणका आरोपित रवि लामिछानेसहित तिन जनालाई बिहिबार काठमाडाँैबाट पक्राउ गरी चितवन ल्याएको छ । 

आज जिल्ला अदालत लाने समय बिहान १० बजे भन्दा अगाडीनै जम्मा भएर समर्थकहरुले नाराबाजी गरेका हुन । सयौँको संँख्यामा जम्मा भएका उनिहरुले रवि लामिछाने जिन्दावाद, रिहा गर, निष्पक्ष छानविन गर जस्ता नारा लगाएका थिए । केहि प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच, प्रहरीले प्रदर्शनकारीलाई छलेर रविलाई जिल्ला अदालत पुर्याएको छ । अदालतको पछाडिपटिको गेटबाट लागेको हो l

  
 

प्रतिक्रिया दिनुहोस