पक्राउ परेका रवि लामिछानेसहित ३ जनालाई चितवन ल्याईयो, शुक्रबार अदालत लगिने

सफल खबर संवाददाता

शुक्रबार, ३१ साउन २०७६, ०७ : ०१
पक्राउ परेका रवि लामिछानेसहित ३ जनालाई चितवन ल्याईयो, शुक्रबार अदालत लगिने

चितवन । काठमाडौँबाट पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कंडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई चितवन ल्याईएको छ । पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणका आरोपी उनिहरु तिनै जनालाई बिहिबार काठमाडाँैबाट पक्राउ गरी चितवन ल्याईएको हो । उनिहरुलाई भरतपुर सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 
 
उनिहरुलाई काठमाडौँबाट पक्राउ गरी विहिबार मध्यराति चितवन ल्याईपु¥याएको हो । प्रहरीको टोलीले राति साढे १२ बजे भरतपुर अस्पतालमा ल्याई स्वास्थ्य परिक्षण गरी साढे एक बजे जिल्ला प्रहरीमा पु¥याएको थियो । शुक्रबार जिल्ला अदालतमा लगिने चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए ।
पत्रकार पुडासैनि गएको साउन २० गत्ते भरतपुर महानगरपालिका–१ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गर्नुपुर्व आफैले आप्mनै मोबाईलमा रेकर्ड गराएको भिडियोका आधारमा अनुसन्धानका लागी पत्रकार रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरीएको हो । उक्त भिडियोमा रवि, युवराज र अस्मिताले अनावश्यक टर्चर दिने र फसाउन खोजेकाले आफुले संसार त्याग्ने निर्णय लिएको बताएका छन । 

प्रतिक्रिया दिनुहोस