पुडासैनी आत्महत्या प्रकरण: पत्रकार रवि लामिछाने पक्राउ

सफल खबर संवाददाता

विहीबार, ३० साउन २०७६, १९ : ४०
पुडासैनी आत्महत्या प्रकरण: पत्रकार रवि लामिछाने पक्राउ

काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेल र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले रविलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । 

लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् ।

चितवन प्रहरीले काठमाडौं प्रहरीसँगको समन्वयमा रवीलाई चितवन लैजान लागेको बताइएको छ ।

पत्रकार लामिछाने र कँडेललाई केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनी र सो घटनाका बारेमा बुझ्न नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस