नेवा पत्रकार राष्ट्रिय दबु चितवनको अध्यक्षमा कमलमान, १३ सदस्यीय समिति चयन

आइतबार, २६ साउन २०७६, २० : २३
नेवा पत्रकार राष्ट्रिय दबु चितवनको अध्यक्षमा कमलमान, १३ सदस्यीय समिति चयन

चितवन । नेवा पत्रकार राष्ट्रिय दबु चितवनको अध्यक्षमा कमलमान सर्वसम्मत चयन भएका छन । दबुको आईतवार भरतपुरमा सम्पन्न पहिलो अधिवेसनबाट कमलमानको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 
जसको उपाध्यक्षमा सन्त कुमार श्रेष्ठ, सचिवमा सृजना ताम्राकार, सह सचिवमा राजेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन । यस्तै अन्य कार्यसमिति सदस्यहरुमा उमेश श्रेष्ठ, मनिसा श्रेष्ठ, सुनिल श्रेष्ठ, निशा श्रेष्ठ, विनोद श्रेष्ठ ‘ए’, साया प्रधान, विनोद श्रेष्ठ ‘बि’, अनुज जोशी चयन भएका छन । 
अधिवेसनले ८ सदस्यीय केन्द्रिय पार्षद पनि चयन गरेको छ । जसमा कमलमान श्रेष्ठ, सन्दिप श्रेष्ट, विनोद श्रेष्ठ ए, दिनेस श्रेष्ठ, सृजना ताम्राकार, निषा श्रेष्ठ, मनिसा श्रेष्ठ, सुवोध श्रेष्ठ रहेका छन । यस्तै अमरदेव प्रधान, इश्वर जोसी, सन्दिप श्रेष्ठ, दिनेस श्रेष्ठ र सुवोध श्रेष्ठलाई सल्लाहकार चयन गरीएको नवनिर्वाचित अध्यक्ष कमलमानले बताए । 
अधिवेसनमा दवुका केन्द्रिय अध्यक्ष कृष्ण महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेस्याम खतिवडा, केन्द्रिय सदस्य श्रृजना अर्याल, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, फोनिज चितवनका अध्यक्ष सन्दिप श्रेष्ठ, फोनिजका केन्द्रिय सदस्य राजु चौधरी, प्रदेश सदस्य राजेश रुम्बा, दबुका केन्द्रिय सदस्य उत्तम श्रेष्ठ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस