मेस्सीले जिते ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड

एजेन्सी

शनिबार, २५ साउन २०७६, ०९ : १८
मेस्सीले जिते ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड

एजेन्सी  । सन् २०१८/१९ को ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय (युईएफए) ले शुक्रबार घोषणा गरेको युरोपियन च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा मेस्सीको गोललाई उत्कृष्ट ठहर गरेको छ ।

मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलविरुद्ध गरेको गोल उत्कृष्ट ठहरिएको हो । मेस्सीले उनले डिबक्स बाहिरबाट लामो प्रहारमा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । उक्त खेल बार्सिलोनाले ३–० गोलले जितेको थियो ।

मेस्सीले यस अवार्डका लागि मनोनयनमा परेको युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित १० खेलाडीलाई पछि पारेका छन् । मेस्सीले अवार्ड जित्ने क्रममा सर्वाधिक मत पाएका छन् । युईएफएले वेबसाइटमा प्राप्त मतको आधारमा यस अवार्ड प्रदान गर्ने गर्दछ । 

प्रतिक्रिया दिनुहोस