एजेन्सी । प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटै खेलमा २३ गोल गरेको छ ।
बिहिबार राति भएको खेलमा बायर्नले जर्मनकै तल्लो श्रेणीको क्लब रोताक एगर्नलाई २३–० गोलले हरायो । बायर्नले पहिलो हाफमा ११ र दोस्रो हाफमा १२ गोल गरेको थियो ।
बायर्नको जितमा पाँच खेलाडीले ह्याट्रिक पूरा गरेका थिए । मिडफिल्डर कोरेन्टिन टोलिसोले चार गोल गर्दा बार्यनका १० जना खेलाडीले गोल गरेका थिए । बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ साउन २०७६, १७ : ०१
लेखकबाट थप