सन्दीप सम्मिलित टोरन्टो ग्लोबल टी–२० बाट बाहिरियो

एजेन्सी

शुक्रबार, २४ साउन २०७६, ०८ : ३५
सन्दीप सम्मिलित टोरन्टो ग्लोबल टी–२० बाट बाहिरियो

एजेन्सी । क्यानडामा जारी ग्लोबल टि–२० अन्तर्गत शुक्रबार भएको खेलमा सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स एलिमिनेटरबाट बाहिरिएको छ । पहिलो ईलिमिनेटर खेलमा विन्निपेग होक्ससंग पराजित हुदै टोरन्टो प्रतियोगिताबाट बाहिरिएको हो । विन्निपेगले टोरन्टोलाई डीएल पद्वतिका आधारमा २ रनले पराजित गर्यो ।

२ सय ३९ रनको लक्ष्य पछ्याएको होक्सले १७ दशमलव १ ओभरमा २ सय १ रन बनाउँदा खेल अवरुद्व भएको थियो । खेल सुचारु हुने अवस्था नभएपछि डीएल पद्वतिका आधारमा होक्स २ रनले विजयी बन्न पुग्यो । होक्सको जितमा जेपी डुमिनी एक्लो नायक बने । उनले ४१ बलमा नटआउट ८५ रन बनाए ।

पहिला ब्याटिङ गरेको टोरन्टोले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । हेनरिक क्लासेनले नटआउट १ सय ६ रन बनाएका थिए । रोड्रिगो थोमसले ७३ रन बनाए ।

सन्दीपले होक्सको दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारेका थिए । सन्दीपले टोरन्टोको टिमका स्थान बनाउँदा अर्का नेपाली बलर सोमपाल भने होक्सको टिममा अटाउन सकेनन् । होक्स इलिमिनेटरमा जित निकाल्दै दोस्रो क्वालिफायर पुगेको छ । टोरन्टो लिग चरणमा तेस्रो र होक्स चौंथो स्थानमा रहेर प्ले अफमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस