सन्दीपसहितका खेलाडी आन्दोलनमा, के थियो कारण ?

सफल खबर संवाददाता

विहीबार, २३ साउन २०७६, १५ : ४४
सन्दीपसहितका खेलाडी आन्दोलनमा, के थियो कारण ?

काठमाडौँ । ग्लोबल टी २० क्यानडा लिग खेलिरहेका खेलाडीले तोकिएको पारिश्रमिक नपाएपछि सन्दीप लामिछानेसहितका खेलाडीले आन्दोलन नै गर्न परेको छ। जसका कारण लिगको दोस्रो चरणअन्तर्गत बुधबार टोरन्टो नेसनल्स र मोन्टेरियल टाइगर्सबीचको खेल २ घन्टा ढिलो सुरू भएको थियो।

आन्दोलनमा रहेका दुवै टिमका खेलाडी मैदान जानका लागि बसमा चढ्न अस्वीकार गरेका थिए। खेलाडीले होटलमै बसेर तलब नदिएको भनेर विरोध जनाएका थिए। खेलपछि आयोजकले प्रेस विज्ञप्ति नै जारी पर्नु परेको थियो।

१० देखि १५ प्रतिशत तलब प्रतियोगिता अघि दिनुपर्ने र बाँकी पारिश्रमिक पहिलो चरणको खेल सकिँदासम्म दिनुपर्ने लिगको नियममा व्यवस्था छ। पहिलो चरणको खेल गत आइतबार सकिएको थियो। तर ६ वटै टिमका अधिकांश  खेलाडीले अहिलेसम्म तलब पाएका छैनन्।

यसअघि भ्यानक्यवर र विनिङपेग हग्सबीचको खेलअघि पनि खेलाडीले आन्दोलन गर्ने  तयारी गरेका थिए। केही खेलाडीले ४५ प्रतिशत तलब पाएपछि आन्दोलन स्थगित भएको थियो। यद्यपी खेल पनि चिसो आउटफिल्डका कारण रद्द भएको थियो।

कतिपय खेलाडीले गत वर्षको प्लेयर अफ दि म्याच पुरस्कार समेत पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस