काठमाडौँ । केही समययता भारतीय भिडियाले नेपाली सेलिब्रेटीको बारेमा निकै चासो दिन थालेको छ । भारतको सबैभन्दा विश्वसिलो अनलाइन पोर्टल आज तक ले अभिनेता राजेश हमाललाई भारतीय अभिनेता अमिताभ बच्चनसँग तुलना गरेर समाचार प्रकाशन गरेको थियो । उनको फिल्म र बैबाहिक जीवनबारे पनि चर्चा गरिएको थियो । यसले नेपाली सञ्चारमाध्यममा पनि राम्रै स्थान पायो ।
आज तकले शुक्रबार नेपाली फिल्मकी सबैभन्दा डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाहको विषयमा समाचार प्रकाशन गरेको छ । जसमा उनलाई नेपाली फिल्मकी सबैभन्दा महँगी अभिनेत्रीको रुपमा चिनाइएको छ । ड्रीम्सबाट डेब्यू गरेकी शाह आज नेपाली फिल्मकी हाईएस्ट पेड एक्ट्रेस बनेकी छन् । मात्र तीन वर्षमा उनको स्टारडमले निकै ठूलो रुप लिइसकेको छ, आज तकका लागि प्रिया शान्डिल्यले लेखेकी छन् ।
फिल्ममा करिअर बनाएकी उनी वास्तविक जिन्दगीमा भने राजघरानाको सदस्य रहेको समाचारमा भनिएको छ । साम्राज्ञीको वंशजका त्रिभुवन वीर बिक्रम शाहलाई नेपालबाट राणा राज्य हटाउने श्रेय दिने गरेको र उनको बंशजका ज्ञानेन्द्र शाह नेपालको राजा भएको पनि जानकारी दिइएको छ । साम्राज्ञीले एक फिल्मका लागि १६ लाख पारिश्रमिक बुझ्ने गरेको पनि खुलाइएको छ । फिल्म रातो टिका निधारमा का लागि उनले १६ लाख बुझेकी थिइन् ।
शाहले आफ्नो पढाईको क्रममा केही समय भारतमा विताएकी थिइन् । नेपाल इन्स्टीट्यूट अफ म्यानेजमेन्ट एन्ड साइन्सबाट उनले ब्याचलर्स इन सोशियोलोजी गरेकी छन्, समाचारमा उल्लेख छ । तर, आज तकले डेब्यू फिल्म ड्रिम्स हिट भए पनि उनको अभिनयको खासै प्रशंसा नभएको भनेर लेखेको छ, जुन सत्य होइन । डेब्यू फिल्ममा उनको अभिनयको सर्वत्र प्रशंसा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ साउन २०७६, १३ : १२
लेखकबाट थप