मेस्सीलाई तीन महिना प्रतिबन्ध !

एजेन्सी

शनिबार, १८ साउन २०७६, ०८ : २४
मेस्सीलाई तीन महिना प्रतिबन्ध !

एजेन्सी । अर्जेन्टिना फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।
कोपा अमेरिका फुटबलबारे उनले गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो । मेसीले कोपा अमेरिका मिलेमतोमा ब्राजिललाई नै जिताइएको आरोप लगाएका थिए। कोपा अमेरिकामा अर्जेन्टिनाले तेश्रो स्थानमा चित्त बुझाएको थियो। उनलाई ३ महिनाको प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलरको जरिमानासमेत तोकिएको छ। यो सजाय दक्षिण अमेरिकीन फुटबल कन्फड्रेसनले तोकेको हो। मेसीले प्रतिबन्धविरूद्ध ७ दिनभित्र अपिल गर्न सक्नेछन्। 

प्रतिक्रिया दिनुहोस