काठमाडौं । गायन प्रतिभाहरुको छनौट गर्ने लोकप्रिय रियालिटी शो द भ्वाइस अफ नेपालको दोस्रो सिजन चौध दिनपछि सुरु हुँदैछ । गायनमा प्रतिभा खोज्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ साउन ३१ गतेबाट सुरु हुने भएको हो ।
हिमालय टीभी एचडीमा ३१ गतेदेखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म सो प्रसारण हुने आयोजकले जनाएका छन् । झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ ।
‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने–‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ ।’ या सिजनमा राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस