प्रधानमन्त्री ओलीलाई खासमा भएको छ के ?

सफल खबर संवाददाता

शुक्रबार, १७ साउन २०७६, ०७ : १७
प्रधानमन्त्री ओलीलाई खासमा भएको छ के ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचार र आरामको सिलसिलामा भोलि शनिबार सिंगापुर जाँदैछन् । एक सातासम्म सिंगापुरमै रहेर उनले उपचार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार, प्रधानमन्त्री ओलीको उपचार सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा हुदैछ ।

‘सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीज्युको स्वास्थ्य परीक्षण हुने छ । त्यो त्यहाँको सरकारी अस्पताल हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले सफलखबरसँग भने । पछिल्लो दिनमा ओली काममा थाकेका र स्वास्थ्यमा विभिन्न समस्याले पीडित छन् । उनी स्वयंले राजधानीको एक अस्पतालको कार्यक्रममा आफु नक्कली नभई अस्थायी बिरामी भएको एक साता अगाडी बताएका थिए ।

त्यही क्रममा गत शुक्रबार उनको सैनिक अस्पताल छाउनीमा चेक जाँच पनि गरिएको थियो । त्यही उनलाई स्वास्थ्य र आरामका लागि सिंगापुर जान चिकित्सकहरुले सुझाएको उनको नीजि सचिवालयले बताईरहेको छ ।

ओलीको युएसजी ग्याइडेड रेनल बयोप्सी समेत सैनिक अस्पताल छाउनीमा गरिएको थियो । त्यसक्रममा उनको रगतमा क्रेटिनाइनो मात्रा बढेको र पिसाबबाट प्रोटिन जाने गरेको परिक्षणका क्रममा देखिएको उनको नीजि सचिवालय स्रोतले बतायो । प्रधानमन्त्री ओलीसँग उनको पत्नी राधिका शाक्य, निजी डाक्टर दिब्या सिंह लगायतको टोली सिंगापुर जादैछन् ।

ओली पछिल्लो दिनमा निक्कै गलेको जस्ता देखिएका छन् । १२ वर्ष अगाडी ओलीको दुवै मृगौला प्रत्यारोपण गरिएको थियो । त्यही मृगौला प्रत्यारोपण गरेको लामो समय भएको कारण पनि अहिले ओलीको शरीरमा सुगरको मात्रा घटबड भईरहेको छ । यही कारण पनि उनी निक्कै थकित देखिएका छन् ।

ओलीलाई नेपालमा रहँदा कार्यसम्पादन जिम्मेवारीका कारण अत्यन्त ब्यस्त रहने र त्यसको धपेडीमा रहने बानी ओलीमा देखिएको चिकित्सकहरुको भनाई छ । उनको धपेडी यतिसम्म छ की, उनी बिहान ५ बजे उठेदेखि बेलुकी अबेर राती १० बजेसम्म भेटघाटमै ब्यतित गरिरहेका छन् । त्यसपछिका थप एक दुई घण्टा पनि उनी मन्त्रालयहरुका काम, सरकारको कामका विषयमा गम्भिर बन्ने, अध्ययन गर्ने, समाजिक सन्जालमा अपडेट हुने लगायतका काम गर्ने गर्छन् ।

प्रधानमन्त्रीको नीजि सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीलाई अहिले निन्द्राको मात्रा पनि एकदमै कम छ । उनी हत्तपत्ति निदाउनै सक्दैनन् । निद्राको मात्रा कम भएकोले पनि ओलीको अनुहारमा थकाईको मात्रा बढी देखिएको बालुवाटार स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस