काठमाडौं । एउटा डान्स रियालिटी सोका क्रममा अभिनेता मिथुनले आफ्ना छोराछोरीले आफूलाई बुबा नभन्ने बताएका थिए। ‘मेरा तीन जना छोरा र एक छोरी छन्,’ मिथुनले सोमा भनेका थिए, ‘सबैले ‘पापा’, ‘ड्याडी’, ‘बुबा’ केही भन्दैनन्। उनीहरूले मलाई मिथुन भन्ने गरेका छन्।’
सन्तानले आफूलाई बुबा नभन्नुको कारण मिथुनले सोमा खुलाएका थिए। ‘मेरो जेठो छोरा मिमोह जन्मिएको चार वर्षसम्म बोलेन,’ मिथुनले भनेका थिए, ‘ऊ अक्षर मात्र बोल्न सक्थ्यो। एक दिन मैले उसलाई मिथुन भन्न लगाएँ। उसले सजिलै भन्यो। यो कुरा डाक्टरलाई सुनाएपछि उनले मिमोहलाई मिथुन भन्न प्रोत्साहित गर्न भने। बिस्तारै ऊ मिथुनसँगै अरू शब्द, वाक्य पनि बोल्न थाल्यो।’
राम्ररी बोल्न थाले पनि मिमोहले बुबालाई मिथुन भनिरहे। ‘अहिलेसम्म पनि उसले मलाई मिथुन भन्छ,’ उनले भने, ‘मिमोहले मात्र होइन, त्यसपछि जन्मिएका तीनै जना सन्तानले पनि मलाई मिथुन नै भन्छन्। बुबा भन्दैनन्।’ सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस