काठमाडौं । दुई जवान युवायुवतीलाई देशमा सँगै देखियो भने अफेयरको आशंका सुरु भइहाल्छ । अझ विदेशमा सँगै देखियो भने त कन्फर्मै हुन्छ । त्यसमाथि सेलिब्रिटी परे भने त मिडियाले लभ पारिदिएर मात्र छोड्छ । पूर्व मिस नेपाल शृंखला खतिवडा यो प्रवृत्तिको पछिल्लो शिकार बनेकी छिन् । भ्लगर सिसन बानियाँसँग शृंखलालाई टर्कीमा सँगै देखिएपछि धेरैले दुवै प्रेममा रहेको ठोकुवा गर्न थालेका छन् ।
सिसन र शृंखलाको टर्कीमा एउटा मात्र फोटो बाहिरिएको छ, जहाँ दुवै सँगै छन् । यसरी बाहिरिएको फोटोमा भने शृंखलाले सिसनको छातीमा टाउको राखेकी छिन् र फोटोमा क्याप्सन छ, ‘लिटरल पार्टनर इन क्राइम’ । यही क्याप्सनका भरमा धेरैले दुवैको अफेयर भएको अनुमान गरेका छन् ।
उनीहरूलाई गत महिना जय नेपाल हलमा भएको ‘आप्पा’को प्रिमियरमा सँगै देखिएको थियो । त्यसअघि सिसनले चीनको सान्यामा भएको मिस वल्र्डमा भाग लिँदा चाहिने अडियो भिजुअलमा शृंखलालाई सक्दो सहयोग गरेका थिए । शृंखला मिस नेपाल हुनेबित्तिकै अस्ट्रेलियामा प्रेमी रहेको हल्ला चलेको थियो । पछि त्यो यत्तिकै सामसुम भयोे । यो चोटिको हल्ला के हुन्छ, केही दिनमै थाहा भइहाल्छ । - सम्पूर्ण साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १० साउन २०७६, २१ : ४५
लेखकबाट थप