५० लाखभन्दा बढी कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर अनिवार्य

सफल खबर संवाददाता

बुधबार, ०८ साउन २०७६, १७ : १८
५० लाखभन्दा बढी कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर अनिवार्य

काठमाडौं । चालू आवको मौद्रिक नीतिले ५० लाखभन्दा बढी कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर अनिवार्य गरेको छ ।

एक करोडभन्दा बढी कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर लिनुपर्नेमा यसलाई घटाएर ५० लाखमा झारिएको छ ।  चालू आवको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । अहिले मौद्रिक नीति गर्भनर चिरञ्जिवी नेपालले पढिरहेका छन् ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाले ऋण प्रवाह गर्दा आधार दरमा २ प्रतिशत थप ब्याजबाहेक कुनै शुल्क लिन नपाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।  समय अगावै अग्रिम भुक्तानी सेवा लिन नपाउने लगायत कुनै पनि कुनै शुल्क लिन पाइने छैन ।

प्रतिक्रिया दिनुहोस