नेकपाको स्कुल विभागमा विवाद, घनश्याम र वेदुरामको पनि दावी

आकाक्षीहरुको विवादका वीच स्कुल विभागको जिम्मा वरिष्ठ नेता झलनाथ खनालले पाउने सम्भावना अधिक

सफल खबर संवाददाता

बुधबार, ०८ साउन २०७६, १० : ३४
नेकपाको स्कुल विभागमा विवाद, घनश्याम र वेदुरामको पनि दावी

काठमाडौं । नेकपाको स्कुल विभागको नेतृत्वको विवाद मिल्ने भन्दा झनै चर्किने चरणमा जान थालेपछि पार्टीका अन्य नेताहरुले पनि विभागको नेतृत्व दावी गर्न थालेका छन् । स्कुल विभागका लागि नेताहरु प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य इश्वर पोखरेलको दावीका कारण शीर्ष नेतृत्वलाई विभाग कसलाई जिम्मा लगाउने भन्ने टुग्याउन हम्मे हम्मे परिरहेको छ ।

त्यही विवाद मिलाउन नसक्दा ४ साउनमा बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज, सहइन्चार्जको मात्र जिम्मेवारी चयन गरेर वैठक ७ साउनसम्मलाई स्थगित गरिएको थियो ।

तर पनि अध्यक्षद्कै वीचमा विभागको नेतृत्व कसलई दिने भन्नेमा कुरा मिल्न नसकेपछि र विभागको नेतृत्व दावी गरिरहेका नेताहरुले आफनो अडान नछोडेपछि मंगलवार बोलाईएको सचिवालय बैठक समेत स्थगित हुन पुगेको थियो ।

अबै सचिवालय बैठक विहिवार बस्दैछ ।

श्रेष्ठ र पोखरेलको जुहारीका वीच विभाग नेतृत्वका लागि अहिले नेकपाभित्र अन्य नेताहरुले पनि दावी प्रस्तुत गर्न थालेका छन् । स्थायी समिति सदस्यहरु घनश्याम भुषाल, वेदुराम भुषाल  ले पनि स्कुल विभागको नेतृत्व दावी गरेका छन् । घनश्यामले पार्टी नेतृत्वलाई भेटी आफनो दावेदारी प्रस्तुत गरेका हुन् भने वेदुरामले विगतमा स्कुल विभागको नेतृत्व गरिसकेको र स्कुलको पाठयकपुस्तक पनि आफ्नो पालामा बनेको भन्दै दावेदारी प्रस्तुत गर्न थालेका छन् ।

स्कुल विभागको चाहना शुरु देखि नै प्रवत्ता श्रेष्ठले राख्दै आएका थिए । तर नेकपाको राजनीतिक कार्यक्रम प्रष्ट नभएको, तत्कालिन एमालेले अवलम्वन गदै आएको जनताको बहुदलीय जनवाद नै पार्टी कार्यक्रम बनाउनु पर्ने भन्दै इश्वर पोखरेलले पछिल्लो समय बकालत थालेका थिए । त्यसपछि नै हो पोखरेललाई पनि स्कुल विभागमा आकाक्षा देखाएको ।


पोखरेलको दावी पछि भने पूर्व माओवादी धारमा पार्टीका नीति कार्यक्रममा आन्तरिक पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने भन्दा पनि आग्रह्का आधारमा कार्यक्रम लैजान सक्ने र स्कुल विभागको वैधानिक मोर्चावाट गुटवन्दी गर्न सक्ने आशंका जन्मिएको देखिन्छ ।

वेदुरामको दावी यस्तो

श्रेष्ठ र पोखरेलको मात्र जुहारी चल्दै गर्दा विभाग नेतृत्वमा दावी गर्ने नेताहरु थपिएका छन् । त्यसैमध्येका एक् नेता वेदुराम भुषालले स्कुल विभागमा आफनो दावेदारी प्रस्तुत गरेका छन् ।

‘पार्टी स्कुल विभागमा मेरै पनि रुचि थियो । मैले नेताहरुलाई यस विषयमा भनेको पनि छु । तर मैले अरुले जस्तो प्रचार गरेको छैन । त्यस्तो गर्न जरुरी पनि छैन । किनभने पार्टीभित्र मान्छेलाई कुन काम दिने, नेताहरुले कुन काम लिने भन्ने कुरा सामान्य प्रक्रिया हो ।’ नेता वेदुराम भुषालले भने , ‘यसलाई बाहिर लाने, प्रचार गर्ने तरिका बेठिक तरिका हो ।’ आफु पुर्व एमालेमा पार्टी स्कुल विभाग प्रमुख हुँदा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेर कक्षा सञ्चालन गरेको वेदुरामको भनाई थियो ।

‘अरु कसैको पालामा पनि यस्तो काम भएको छैन । पाठ्यक्रम पहिल्यै मोदनाथजी छँदा हामीले बनाएको थियौं । त्यसलाई परिमार्जन गरेर फेरी बनायौं । पार्टी शिक्षा भाग १, २ र ३ भन्ने पार्टी स्कुलको पाठ्यक्रमका आधारमा पाठ्य पुस्तक समेत लेखेर कक्षा चलाउने म मात्र प्रमुख हुँ । त्यस हिसावले मैले दावा गर्नु स्वभाविक कुरा हो ।’ उनले भने ।

 

घनश्यामको दावी यस्तोअ

र्का स्थायी समिति सदस्य घनश्याम भुषालले पार्टी नेताहरुलाई भेटेरै विभाग नेतृत्व आफुलाई दिन आग्रह गरेको वताए । ‘मैले नेताहरुलाई भेटेर पार्टीमा न्याय भए मलाई स्कुल विभागको जिम्मेवारी दिनुहोस् भनेको छु ।  पार्टीको कमिटिसम्म यो छलफल आइनपुग्ने देखेर आफूले नेताहरु मार्फत दाबेदारी प्रस्तुत गरेको हुँ । यदि स्थायी कमिटिमा छलफल हुने भए म त्यही आफ्ना दाबेदारी प्रस्तुत गर्ने थिएँ । अब औपचारिक दाबेदारी नै गर्न नपाएपछि नेताहरुलाई आफ्नो कुरा सुनाएको हुँ ।’ घनश्यामले भने ।

 

विवाद नमिल्दा अर्काे विकल्प !

स्कुल विभागको दावेदारी शीर्ष नेताहरुले अहिले नया दावी गर्ने भुषालद्दयलाई दिने लक्ष्मण भने देखिएको छैन । श्रेष्ठ र पोखरेल वीचको रस्साकस्सी पनि सम्हालिने र निकास हुने तिर सम्भावना देखिएको छैन ।

जसकाकारण विवाद मिलाउन नेकपाभित्र नयाँ छलफल शुरु भएको सुत्रहरुको भनाई छ । अबै विभागको नेतृत्व अध्यक्षद्दयले नै जिम्मा लिने एउटा विकल्प र अर्काे विकल्पका रुपमा पूर्व प्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता झलनाथ खनाललाई अगाडी सार्ने भन्नेमा भित्री छलफल शुरु भएको स्रोतको दावी छ ।

पार्टीको नीति प्रतिष्ठानमा जिम्मेवारी दिने विषयमा सहमति वनिसकेका खनाल लाई अगाडी सार्ने गरी नयाँ समझदारीको खोजी हुन सक्ने नेकपाभित्र अहिले चर्चा हुन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस