काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा केन्द्रीय सदस्य माइला लामालाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
लामालाई मंगलबार ललितपुरस्थित नख्खु कारागार चलान गरिएको हो ।
काँडाघारीबाट आइतबार मध्यराती पक्राउ परेका उनलाई बम विष्फोट र ज्यान मार्ने उद्योगविरुद्धको मुद्धा चलाइएको छ । लामासँगै सो समूहका रेशम तामाङ पनि पक्राउ परेका थिए ।
उपत्यका ब्युरो इन्चार्जसमेत रहेका लामा पक्राउ पर्नेमा पार्टीको तेस्रो शीर्ष नेता हुन् । यसअघि प्रहरीले स्थायी समिति सदस्य एवं मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली 'सुदर्शन' र पोलिटब्युरो सदस्य मोहन कार्कीलाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०७६, २२ : ०१
लेखकबाट थप