काठमाडौं । ‘नाईं नभन्नु ल २’ फिल्मबाट डेब्यु गर्दा नायिका वर्षा सिवाकोटीको छवि इनोसेन्ट लेडीको थियो। पहिलो फिल्मबाट उनी त्यत्ति नोटिस हुन सकिनन्। दोस्रो फिल्म ‘पशुपतिप्रसाद’मा सोलो रोलमा देखिएपछि धेरैले उनलाई मन पराए। इनोसेन्ट स्कुल गर्लको भूमिकामा फिट देखिएकी थिइन् उनी।
पर्दामा जस्तो देखिन्थिन् उनी वास्तविक जीवनमा पनि उस्तै थिइन्, इनोसेन्ट। फिल्म क्षेत्रमा ग्ल्यामर पनि चाहिन्छ नै तर न रिलमा उनी ग्ल्यामर छविमा देखिइन् न सार्वजनिक कार्यक्रमहरुमै।
एकाएक फेसबुकमा उनको एउटा तस्बिर सार्वजनिक भयो, जसले उनको पब्लिक इमेज नै परिर्वतन गरिदियो, इनोसेन्ट गर्लबाट ग्ल्यामर गर्ल।
उनी कालो पातलो स्ट्र्यापी सन ड्रेसमा देखिएकी थिइन्, क्रोएसियाको समुद्र किनारमा। स्वदेशमा भने उनका त्यस्ता तस्बिर सार्वजनिक भएनन्। ब्लोअपहरुमै समेत उनी ड्रेसमा निकै कन्सस देखिइरहिन्।
उनी त पातलो गाउनमा न देखिएकी हुन्, अधिकांश नेपाली नायिकाहरु स्वदेशमा ड्रेसमा निकै नखरा गर्छन् तर विदेशी भूमिमा टेकेलगत्तै खै के हुन्छ कुन्नी, उनीहरुलाई भटाभट बिकिनीमा निर्धक्क देखिन्छन्। तस्बिर खिचाउँछन् अनि आफैँ सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्छन्।
विदेशी भूमिमा मन सम्हाल्न नसक्ने अभिनेत्रीमै पर्छिन्, अभिनेत्री स्वस्तिमा खड्का पनि। हालै अस्ट्रेलिया पुगेकी उनी समुद्र किनारमा पुगेर स्विम ड्रेसमा तस्बिर खिचाइन् र आफैँले सेयर गरिन्। नेपालमा रहँदा उनका यस्ता तस्बिर देखिएको थिएन।
रातो क्रपटप र सेतो स्कर्टमा खिचिएको उनको सेक्सी फोटो सामाजिक सञ्जालमा भाइरल भइहाल्यो। उफ्रँदै गरेको, घोप्टो परेर आराम गर्दै गरेका पोज पोजका तस्बिर सार्वजनिक भए। तस्बिरकै कारण केही समय उनी मिडियामा छाइन् पनि। धेरैले उनको त्यो बोल्ड अवतारको प्रशंसा गरे।
सामाजिक सञ्जालतिर समुद्रमा गएर खुलेकी सेलेब्रेटी खोज्दै जाँदा सुरुमै आँखा प-यो अभिनेत्री प्रियंका कार्कीमा। प्रियंकाले समुद्री तटमा प्रशस्तै तस्बिर खिचाएकी छन्। पौडिन रुचाउने प्रियंका पानी भन्नासाथ हुरुक्कै हुन्छिन्। शुक्रवारसँगको कुराकानीमा उनले आफूलाई ‘वाटर बेबी’ बताएकी थिइन्। त्यसैले त यी ‘वाटर बेबी’का समुद्रको किनार होस् या स्विमिङ पुल, त्यहाँ पुग्नेबित्तिकै ‘पौडिहाल्छिन्’।
उनी अन्य अभिनेत्री भन्दा अलि भिन्न छिन्। बिकिनीमा सजिनका लागि उनलाई विदेशी समुद्र किनारै आवश्यक पर्दैन। यतै स्वदेशमा पनि मज्जाले तस्बिर खिचिरहेकी हुन्छिन् उनी। कहिले आउटरसहित त कहिले आउटरबिना नै।
हालै उनले कालो रङको टु पिसमा रुस्लान् क्यालेन्डरका लागि फोटोसुट गराएकी थिइन्। उनले इन्डोनेसियाको बालीमा खिचेका तस्बिरले एक समय यताको मार्केट खुबै तताएको थियो। अझ, इन्गेजमेन्ट भएका अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठसँग खिचाएको अन्तरंग दृश्यले त तहल्कै पिट्यो। कतिले बिहेअगावै हनिमुन भनेर पनि तस्बिरको टिप्पणी गरे। तर, प्रियंकालाई यस्ता कुराले छुँदैन। बाल मतलब दिन्छिन् उनी। शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस