गुल्मीमा पहिरोमा परी ४ जनाको मृत्यु, तीन घर पुरियो

दैलेखमा पनि बस दुर्घटना, एक महिलाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०७ साउन २०७६, ०९ : ५६
गुल्मीमा पहिरोमा परी ४ जनाको मृत्यु, तीन घर पुरियो

काठमाडौं । गुल्मीमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । अबिरल वर्षापछि गएको पहिरोले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ४ स्थित लिम्घाको भिरकुनामा पहिरो गएको हो । पहिरोले केही घरहरुलाई पुरेको छ । घरपुरिदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । अझै ५ जना पहिरोमा हराईरहेका छन् । तीन घर पहिरोमा पुरिएका छन् । क्षतिको थप विवरण आएको छैन ।

चारैतिर गएको पहिरोका कारण उद्धारमा समस्या आईरहेको छ । उता दैलेखमा भने बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दैलेखको आठबिस नगरपालिका ५ मा आज बिहान ना ५ ख ७२४३ नम्बरको बस घुम्तीमा चिप्लिएर दुर्घटना हुदा एक महिलाको मृत्यु भएको हो । अन्य ७ जना घाईते भएका छन । मृत्यु हुनेमा आठबिस नगरपालिका ५ कि ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले टेलिफोनमा जानकारी दिए । घाइतेको स्थायिन मेडिकलमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस