झण्डै एक दर्जन महिला सासंदहरु पुगे भारतीय दुतावास

नेकपा सांसद नविना लामा, कोमल वली देखि काग्रेसकी पुष्पा भुषालसम्म पुगे भारतीय राजदुतको निम्तोमा दुतावास

सफल खबर संवाददाता

मंगलबार, ०७ साउन २०७६, ०७ : २५
झण्डै एक दर्जन महिला सासंदहरु पुगे भारतीय दुतावास

काठमाडौं । भारतीय राजदुतको निम्तोमा नेपालका सांसदहरु राजदुतावासको डिनरभोजमा पुगेका छन् । भारतीय दुतावासले आफ्नो राजनीतिक सम्बन्धका लागि यस्ता कार्यक्रम आयोजना गर्नु स्वभाविक नै भएपनि नेपालका सांसदहरुको दुतावास लर्काे भने अस्वभाविक देखिएको छ । कानुन निर्माण गर्ने थलोमा रहेका सांसदहरु कसैले बोलाउदैमा जता पनि जानु कुटनीतिक मर्यादा विपरितका काम हुन् । अझ कानुन निर्माणमै प्रभाव पार्ने उदेश्यले भारतीय दुतावासले आयोजना गरेको भोजमा पुगेर रमाउन खोज्नु झनै सुहाउने विषय होइन । तर नेपालका सांसदहरु जसले जता बोलाएपनि हत्तारिएर आफनो पदीय मर्यादा भुलेर जहाँ पनि पूग्छन भन्ने उदाहरण हिजो भारतीय दुतावासको भोजमा पुगेर नेपालका केही सांसदहरुले देखाएका छन् ।

भारतीय दुतावासको रात्री भोजमा पुगेका सांसदहरुको सामुहिक फोटो स्वयं भारतीय राजदुतले नै सार्वजनिक समेत गरिदिएका छन् । भारतीय दुतावासको रात्री भोजमा सासंद नविना लामा देखि कोमल वलीसम्म दुतावास पुगेका छन् । भारतीय राजदुतले बोलाएको उक्त भोजमा नेकपा सांसद लामा, वली, गंगा चौधरी, काग्रेस कोषाध्यक्ष समेत रहेकी सीतादेवी यादव, सचेतक पुष्पा भुषाल, चित्रलेखा यादव, मिना पाण्डे, राजपाकी सांसद चन्दा चौधरी लगायतका नेतृहरु दुतावास पुगेका थिए ।

उनीहरुसँग राजदुतले कानुन निर्माण लगायतका विषयमा छलफल गरेको सहभागी एक सांसदले नाम उल्लेख नगर्ने शर्तमा बताइन् । ‘उहाँको इन्ट्रेष्ट संसदले कानुन कसरी निर्माण गरिरहेको छ ? भन्ने तिर थियो,’ ति सासंदले सफलखबरसँग भनिन्,–‘हामी महिला सांसदहरु मात्र सहभागी थियौं, उहाँहरुले महिला सांसदको क्षमता अभिवृद्धिका लागि भारतीय सरकारले केही सहयोग गर्नुपरे गर्न तयार रहेको भनी राजदुतले बताउनुभएको थियो ।’

राजदुत स्वयंले रात्री भोजमा सहभागी महिला सांसदहरुसँगको सामुहिक तस्वीर सामाजिक सन्जालमार्फत सार्वजनिक गदै नेपाली महिला सांसदहरुसँग महिला शसक्तिकरणका सन्र्दभमा छलफल गर्न पाउँदा आफु ज्यादै हर्षित भएको उल्लेख गरेका थिए । दुतावासको आयोजनामा राजदुतावास छिरेका सांसदहरुले पदीय मर्यादाको ख्याल गर्न नजानेको भन्दै अहिले आलोचना पनि शुरु भएको छ । यस अगाडी राजदुतले नेपालका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुलाई पनि रात्री भोज दिएका थिए ।


 

प्रतिक्रिया दिनुहोस