अनुदार र पूर्वाग्रही अनुहारका इश्वर पोखरेल

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, ११ : ०३
अनुदार र पूर्वाग्रही अनुहारका इश्वर पोखरेल

काठमाडौं । राजनीतिमा पूर्वाग्रह टिक्दैन । एक समयमा निक्कै अनुदार देखिएकाहरु पनि अर्काे समय र परिस्थितीका आधारमा एकै साथ कुममा कुम जोडेर हिड्न सक्छन् । राजनीतिमा स्थायी शत्रु र मित्र हुदैनन् । त्यसै भनिएको होइन ।

उहाहरणकै रुपमा लिऔं न ! प्रधानमन्त्री केपी ओली स्वयंले माओवादीप्रति निक्कै तिखो आलोचना गर्थे । प्रतिवादमा प्रचण्ड र माओवादी धारका नेताहरुले पनि उनको । तर राजनीतिले अहिले ओली–प्रचण्डलाई एकै ठाँउमा ल्याईदिएको छ । दुवैले २०१९ सालदेखि विभाजनको बाटो कोरेको र छुट्टै स्कुलिङमा रहेको नेपालका दुई ठूला कम्युनिष्ट धारलाई एउटै बनाउने ‘निर्णायक भूमिका’ खेले ।

यो नेपालको मात्र नभई अन्तर्राष्ट्रिय कम्युनिष्ट राजनीतिमा समेत असाधारण परिघटना थियो । तर अझै पनि तत्कालिन एमालेभित्रको एउटा खेमाले यो पार्टी एकतालाई खासै रुचाईरहेको देखिदैन ।

मुल नेतृत्वले पार्टी नै एक बनाईसक्दा पनि तत्कालिन एमाले खेमाका एक नेतालाई अझै माओवादी आन्दोलन, माओवादी नेता कार्यकर्ता र यो आन्दोलनले दिलाएको उपलब्धीलाई स्वीकार गर्न मुश्किल परिरहेको छ ।

देशमा गणतन्त्र आएको छ । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता पनि आएको छ । अहिलेसम्मका उपलब्धीको खास जस माओवादी आन्दोलन र त्यसको नेतृत्वकर्ता प्रचण्डलाई जान्छ । यो सबैले चाहेर÷नचाहेर पनि स्वीकार गरिसकेका छन् । तर सत्तारुढ नेकपामा अझै एक जना नेता यस्ता छन्, –जसले यी परिवर्तनका सूचक ल्याउने आन्दोलन र नेतृत्वलाई स्वीकार  गर्न सकिरहेका छैनन ।

ति पात्र को हुन् त ? उनी अरु कोही नभएर अहिले ओली सरकारका उपप्रधान तथा रक्षामन्त्री रहेका नेकपा सचिवालय सदस्य इश्वर पोखरेल हुन् । पोखरेल नेकपाभित्र यस्तो पात्र बन्दैछन्, उनी आफ्नै एक पछि अर्काे कदमका कारण आलोचित बन्दै गईरहेका छन् । एकता नहुँदो हो त उनी ओलीको आडमा आउने महाधिवेशनमा माधव नेपालसँग नेतृत्वका लागि चुनावी प्रतिस्पर्धाको तयारीमा थिए ।

तर पार्टी एकताले सबैभन्दा घाटा उनैलाई पु¥याईदियो, उनको भएको महासचिव पद समेत गुम्यो । सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मा लिएर जाने योजनामा समेत ब्रेक लाग्यो । उनी रक्षामन्त्रीको जिम्मेवारीमा बस्नु प¥यो । रक्षा पोखरेलको चाह थिएन । उनी अर्थ, गृह जस्ता महत्वपूर्ण मन्त्रालयको दाबी गदै थिए । तर ओलीले उनलाई रक्षामा थन्काईदिए ।

उनले रक्षाको जिम्मेवारी सम्हाल्दै गर्दा तत्कालिन एमालेभित्रै अधिकाशं नेता कार्यकर्ताले चर्चा गर्दथे, –ओलीले आर्थिक रुपमा बदनामी कमाएका पोखरेललाई रक्षामा लगेर जानीबुझी थन्काईदिएका हुन् । अहिले रक्षामै प्रधानसेनापतिसँग उनको खासै सम्बन्ध राम्रो छैन ।

जहाँ रहन्छन्, उनी आफुइतर बाहेक अन्य पक्षका नेताहरुको खेदो खनिरहन्छन् । राजनीतिमा उनी यतिसम्म पूर्वाग्रही सोच राख्छन् की, उनको त्यही सोचका कारण उनी पार्टीमा एक्लिदै गईरहेका छन् । तत्कालिन एमाले माओवादी बीच पार्टी एकता भईसक्यो । तर उनी अझै एमाले शैलीमै माओवादी धारका नेताहरुको आलोचनामा उत्रिरहेका छन् । माओवादी धारका नेताप्रति उनको पूर्वाग्रह यतिसम्म छ की उनी माओवादी आन्दोलन र यसका नेता कार्यकर्तालाई स्वीकार गर्ने चाहदैनन् ।

अहिलेसम्म उनी पार्टीको पेरिसडाडास्थित कार्यालय टेकेका पनि छैनन । अझ उनको तर्क सुन्दा अचम्म मान्नुपर्ने खालको छ । उनले पार्टी अध्यक्ष प्रचण्डलाई समेत होच्याउने शैलीमा प्रस्तुत हुन थालेका छन् । उनी निकट नेताहरुलाई प्रचण्डका तेजोबोध गराउन उनले गुप्त अभियान चलाईरहेका छन् । अहिले केही तर्क नपाएर प्रचण्ड भन्दा पोखरेल भूमिगत पहिले भएको तर्क उनले आफु निकट नेताहरुमार्फत गराउन थालेका छन् ।

तत्कालिन एमाले धारका नेकपाका एक स्थायी समिति सदस्य भन्छन, –‘यो पोखरेलको राजनीतिक पूर्वाग्रह हो । यसले पार्टी एकतालाई बलियो बनाउँदैन ।’ पार्टी एकता दुवै पक्षको ‘वीन वीन’ अवस्थामा हुन्छ । तर त्यसलाई पोखरेलले पचाउन सकेका छैनन । आफैले एउटा दस्तावेजमा हस्ताक्षर गर्ने अनि त्यसलाई नमान्ने प्रवृत्ति पोखरेलमा नयाँ होइन । उनले अहिले पार्टी एकताका क्रममा पनि त्यही गरिरहेका छन् ।

एकताका क्रममा जनताको जनवादमा पार्टीभित्र आम राजनीतिक सहमति छ । राजनीतिक प्रतिवेदन त्यसै अनुसार प्रेसमा धमाधम छापिरहेको छ । तर उनी त्यसकै खिलाफमा छन । पार्टी राजनीतिक दस्तावेजकै विरुद्धमा उभिने उनले अहिले पार्टीको स्कुलिङ विभागको जिम्मेवारी खोजेका छन् । एमाले धारकै ति स्थायी समिति सदस्य भन्छन्, –‘पोखरेललाई स्कुलिङको जिम्मा दिनु पार्टी एकताकै विपक्षमा हुन्छ । अझै एकता सहज स्वीकार गर्न नसकेका नेतालाई वैचारिक नेतृत्व दिदा पार्टी एकता के होला ?’ त्यसो त उनी माओवादी धारसँग यति अनुदार छन की त्यो उनको ब्यवहारले देखाईरहेको छ । वालकृष्ण ढुंगेल प्रकरणमा उनले यतिसम्म पूर्वाग्रह साचेका थिए की त्यो अहिले पनि ढुंगेल लगायतका नेताहरु बताउँछन् । त्यसो त उनको चरित्र पनि सफा छैन । उनी विवादमा समेत मुछिएका नेता हुन । शाही कालमा उनीमाथी ट्याङ्की काण्ड लागेको थियो । प्रतिगमन आधा सच्चियो भन्दै शेरबहादुर देउवाको नेतृत्वको सरकारमा तत्कालिन एमाले सहभागी भएको बेला पोखरेल उधोग वाणिज्य मन्त्री भएका थिए । त्यसबेला उनले धुम्बराहीस्थित घरको पानी ट्याङ्कीमा पैसा लुकाएको आरोप लागेको थियो । उनले त्यसको चित्तबुझ्दो जवाफ अझै दिन सकिरहेका छैनन ।

नेकपा एक स्थायी समिति सदस्य भन्छन्, –‘यति पूर्वाग्रही सोचका नेतालाई कसरी स्कुलिङ विभागको जिम्मा दिने ? उनी भन्दा नारायणकाजी नै धेरै उत्तम हुन्छन वरु ।’

प्रतिक्रिया दिनुहोस