काठमाडौं । ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुन न्यून चापीय रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार हाल नेपालदेखि दक्षिणतर्फ भारतमा रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर नेपालतर्फ आउने क्रममा छ । त्यसैकारण नेपालमा मौसम बदली र वर्षा हुने क्रम क्रमशः बढ्दै गएको छ । यो रेखा सोमबार नेपाल भित्रिने र मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ छ । ‘भोलि केही स्थानमा र पर्सि देशैभर डिस्टर्ब हुन्छ,’ मौसमविद बासीले भनिन् ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
न्यून चापीय रेखा देशभित्रै आएपछि भारी तथा अविरल वर्षा हुने मौसमविद् बताउँछन् । तर यसअघि जस्तो धेरै भारी वर्षा हुने सम्भावना भने कम रहेको मौसमविद् बासीले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०७६, ११ : ५५
लेखकबाट थप