काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिएका छन् ।
आफ्नो मन्त्रालय अन्तरगतको नयाँ आर्थिक वर्षको एकीकृत कार्य योजना बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गर्दै
मन्त्री बास्कोटाले देश र जनताप्रति उत्तरदायी भई सरकारको घोषित सबै लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका सबै निकायका कर्मचारीलाई सक्रिय, इमान्दार र गतिशील भएर काम गर्न निर्देशन दिएका हुन् ।
उनले एउटा निकायले गल्ती गरे त्यो देशका लागि गम्भिर नोक्सानको रुपमा परिणत हुने र त्यसले प्रतिक्रान्तिको बाटोमा लैजानेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए ।
मन्त्री बास्कोटाले गत आर्थिक वर्षमा आफ्नो मन्त्रालयले गरेको काम सन्तोषजनक रहेपनि सन्तुष्टि हुने खालको नभएको उल्लेख गर्दै चालू आर्थिक वर्षका घोषित सबै कार्यलाई पूर्णता दिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ साउन २०७६, १७ : ५५
लेखकबाट थप