काठमाडौं । आरक्षण बचाऔं आन्दोलनले आह्वान गरेको साउन २ र १० गतेको नेपाल बन्द फिर्ता भएको छ । नेपाल आदिवासी जनजाति महासंघले आरक्षण बचाउनका लागि विभिन्न जनप्रदर्शन लगायत नेपाल बन्द सम्मको कार्यक्रम सार्वजनिक गरेको थियो ।
लोकसेवा आयोगले समावेसी सिद्धान्त विपरित विज्ञापन आह्वान गरेको र सो विज्ञापन खारेज गर्न माग गर्दै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, अल्पसंख्यक लगायतले आरक्षण बचाउ आन्दोलन गर्दै आएको छ ।
देश बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिले आक्रान्त भईरहेका बेला वन्द हड्ताल गर्नु उचित नहुने ठानी अहिलेलाई स्थगित गरिएको महासंघका अध्यक्ष जगत बरामले बताएका छन् ।
उनका अनुसार, देशमा ६५ भन्दा बढी मानिसको मृत्यु, धेरै नागरिक विपत्तिमा परेकाले तत्काललाई बन्दको कार्यक्रम स्थगित गरिएको हो । बन्द फिर्ता लिएपनि अन्य जनप्रदर्शनका कार्यक्रम भने यथावत रहेको अध्यक्ष बरामले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०७६, ०९ : ५२
लेखकबाट थप