आज राती खण्डग्रास चन्द्रग्रहण लाग्ने

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०७६, ०८ : ०२
आज राती खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । आज राती खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । ग्रहण आज राती १२ बजेर २८ मिनेट देखि २ घण्टा ५८ मिनेटसम्म लाग्नेछ ।

खगोलविद्हरुको भनाईमा, पुथ्वीको वायुमण्डलको छान्ने र परिवर्तित गर्ने प्रभावका कारण ग्रहणको समय चन्द्रमाको रंगमा भईरहेको परिवर्तन अनौठो लाग्ने खालको हुनेछ ।

आकास सफा रहे मुलुकका सबै भूभागवाट खण्डग्रास चन्द्रग्रहण देख्न सकिने बताईएको छ । चन्द्रग्रहण हेर्न खोज्नेले मध्यराती १ बजेर ४६ मिनेट देखि ४ बजेर ४४ मिनेटसम्म चन्द्रमाको केही भाग रातो लामा रंगमा देख्न सक्नेछन् ।

विपि कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका निमित कार्यकारी निर्देशक सन्तकुमार शर्माका अनुसार, चन्द्रमालाई मंगलवार बिहान १२ बजेर २८ मिनेट देखि विरल छायाँले ढाक्न शुरु गर्छ भने राती १ वजेर ४६ मिनेट देखि सघन छायाँले ढाक्नेछ । यस्तै बिहान ४ बजेर ४४ मिनेटदेखि चन्द्रमालाई सघन छायाले ढाक्न छोड्छ भने बिहान ६ बजेर २ मिनेट देखि विरल छायाले ढाक्न छोड्नेछ ।  सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्को भनाई छ । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। असार ३१ गते दिउँसो ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस